२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिबीच स्वागत तथा बिदाइ

२०७९, १६ जेष्ठ सोमबार १३:०२

जेठ १६, खोटाङ | खोटाङको केपिलासढी गाउँपालिकाका नयाँ जनप्रतिनिधि र पुरानो जनप्रतिनिधिबीच आपसमा स्वागत तथा बिदाइ कार्यक्रम भएको छ । सोमबार औपचारिक कार्यक्रमकाबीच निवर्तमान जनप्रतिनिधिले नवनिर्वाचित जनप्रतिनिधिको स्वागत गरेका छन् भने नवनिर्वाचित जनप्रतिनिधिले पुरानो जनप्रतिनिधिलाई सम्मान सहित बिदाइ गरेका छन् । 

निवर्तमान गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिरादेबी वन लगायतले नवनिर्वाचित अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, वडाध्यक्ष र वडासदस्यलाई स्वागत गरेका छन् । यस्तै, नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायतले निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई दोसल्ला ओढाएर सम्मान–पत्र सहित बिदाइ गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये केपिलासगढीमा निवर्तमान र नवनिर्वाचित जनप्रतिनिधिबीच हार्दिकतापुर्ण स्वागत तथा बिदाइ भएको हो । 

सोही कार्यक्रममा निर्वाचन अधिकृत राजकुमार राईलाई पनि बिदाइ गरिएको छ । निर्वाचन अधिकृत राईले गाउँपालिका अध्यक्षलाई निर्वाचन प्रतिबेदन हस्तान्तरण गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी