२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिबीच स्वागत तथा बिदाइ

१६ जेष्ठ २०७९, सोमबार १३:०२

जेठ १६, खोटाङ | खोटाङको केपिलासढी गाउँपालिकाका नयाँ जनप्रतिनिधि र पुरानो जनप्रतिनिधिबीच आपसमा स्वागत तथा बिदाइ कार्यक्रम भएको छ । सोमबार औपचारिक कार्यक्रमकाबीच निवर्तमान जनप्रतिनिधिले नवनिर्वाचित जनप्रतिनिधिको स्वागत गरेका छन् भने नवनिर्वाचित जनप्रतिनिधिले पुरानो जनप्रतिनिधिलाई सम्मान सहित बिदाइ गरेका छन् । 

निवर्तमान गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिरादेबी वन लगायतले नवनिर्वाचित अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, वडाध्यक्ष र वडासदस्यलाई स्वागत गरेका छन् । यस्तै, नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायतले निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई दोसल्ला ओढाएर सम्मान–पत्र सहित बिदाइ गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये केपिलासगढीमा निवर्तमान र नवनिर्वाचित जनप्रतिनिधिबीच हार्दिकतापुर्ण स्वागत तथा बिदाइ भएको हो । 

सोही कार्यक्रममा निर्वाचन अधिकृत राजकुमार राईलाई पनि बिदाइ गरिएको छ । निर्वाचन अधिकृत राईले गाउँपालिका अध्यक्षलाई निर्वाचन प्रतिबेदन हस्तान्तरण गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान