२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेश सदस्यलाई नै थाहा छैन कहाँ कहाँ सकियाे स्थानीय तह निर्वाचन

१७ जेष्ठ २०७९, मंगलवार ११:३१

जेठ १७, धनगढी | सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये हालसम्म जम्मा ८७ पालिकामा निर्वाचन सम्पन्न भइ मत परिणाम आएको छ । तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले भने ८८ वटै स्थानीय तहमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् । 

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेसनअन्तर्गत मंगलबार बसेको दोस्राे बैठकमा प्रदेश सभा सदस्य महेशदत्त जोशीले सबै क्षेत्रमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको दाबी गरेका हुन् । तर, बाजुराको त्रिबेणी नगरपालिकामा निर्वाचन सम्पन्न हुन नसकेपछि पुनः निर्वाचन गर्ने निर्णय नै भइसकेको छ । सो पालिकामा एमाले र नेपाली कांग्रेसले केही बुथ कब्जा गरेको ठहर गर्दै निर्वाचन आयोगले त्रिवेणीमा पुनः मतदान गर्ने निर्णय गरेको हो । 

सोमबारदेखि सुरु भएको प्रदेश सभा बैठकमा आर्थिक मामिल तथा योजनामन्त्री प्रकाश रावलले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथकिमतामाथि छलफल भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव