१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी संसदमा छौं तर संसदवादी होइनौं : प्रचण्ड

१८ जेष्ठ २०७९, बुधबार ०९:४०

जेठ १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्र संसदमा भए पनि संसदवादी नभएको बताएका छन् । नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 

उनले आफूहरुलाई संसदवादी नभन्ने र नमान्ने तर बहुदलीय प्रस्पिर्धालाई स्वीकार गर्ने बताएका छन् । बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरे पनि संसदवादलाई स्वीकार नगरेको उनले बताए । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन यो ‘स्टेप’बाट जानुपर्ने भएकाले यतातिर लागेको उनको भनाइ छ । यो प्रक्रियालाई सदुपयोग गरेर अघि बढ्नमा मात्रै खोजेको हो । तर, यसबीचमा हामीमा देखिएको कार्यशैली र आचरण हाम्रो उदेश्यसँग मिलेको छैन । उनले भने, ‘यही विन्दुबाट हामी सुध्रिनु पर्छ ।’

उनले पछिल्लो पाँच वर्षमा पार्टीको भूमिका असाध्यै कमजोर भएको पनि बताए । पार्टीको राजनीतिक वैचारिक उदेश्य के हो ? हाम्रो पार्टीको पहिचान के हो भनेर जनप्रतिनिधिलाई बुझाउन अभिमुखिकरण आयोजना गरेको बताए । कार्यक्रममा उनले पार्टीमा क्रमशः पहिचानको संकट समेत आएको समेत बताए । उनले भने, ‘हाम्रो दस्तावेजमा हामी क्रान्तिकारी हाँै भनेर त छ तर व्यवहारमा अरु पार्टी र हामीबीच पहिचान नै मेटिने अवस्था छ । कतिपय अवस्थमा माओवादी पार्टी अझै खराब छन्की भनेर जनतालाई परेको छ । तर, त्यस्तो होइनौँ । हामी विचारका हिसाबले उन्नत विचारको पक्षपोषण गर्छाैं । वैज्ञानिक समाजवाद र समाजवादी क्रान्तिका कुरा गरेका छौँ ।’

उनले नेकपमा माओवादी केन्द्रले उन्नत र सुसँस्कृत मानिसहरु उत्पदान गर्ने कुरामा जोड दिने गरेको बताए । पार्टी उत्पादन, उत्पादकत्व, श्रम र साँस्कृतिक रुपान्तरणको एकीकृत अभियान चलाएर समाजवादका भ्रुणहरू गाउँगाउँबाट, टोलटोलमा बनाउनुपर्छ भनेर लागेका बताए । उनले भने, ‘तर, जनताले हामीलाई युद्धकालमा जसरी लिन छाडेका छन् । पहिला हामी जनतासँगै थियौँ उनीहरूले गर्वका साथ हाम्रो रक्षक भनेर पत्याउथेँ । अहिले हामी जनयुद्धमा पनि छैनौं, शन्तिपूर्ण बाटोबाट समाजवाद ल्याउने बाटोमा छौं । अब जनताले हामीलाई चिन्ने भनेको जनप्रतिनिधिको कामले मात्रै हो । जनताले तपाईहरूलाई नै माओवादीका रुपमा हेर्ने गर्छन् । अरु ठूला नेतालाई पनि जनताले हेर्दैनन् । आफ्नो आचरण व्यवहारबाट जनतालाई खुसी पार्नुहोस् ।’ 

कार्यक्रममा माओवादीबाट देशभरमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सहभागीता थियो । माओवादी केन्द्रले देशभरबाट एक सय २० प्रमुख र एक सय २६ उप्रमुखमा जितेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक