२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

अध्यक्ष र उपाध्यक्ष गुमाएको रौतामाईको कार्यपालिकामा एमालेको बहुमत

२०७९, १८ जेष्ठ बुधबार १५:१८

जेठ १८, उदयपुर | उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद गुमाएको नेकपा एमालेले कार्यपालिकामा बहुमत पुर्‍याएको छ । मंगलबार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गराएका एमालेका सबै सदस्य निर्वाचित भएका हुन् । 

निर्वाचित महिला सदस्य भित्रबाट ४ र बाहिर सिमान्तकृत, अल्पसंख्यक समुदायबाट २ जना गरी ६ जना थप हुने कार्यपालिकामा सबै जना एमालेबाट निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा महिलातर्फ गौरीमाया मगर, ज्ञानकुमारी मगर, देविमाया दाहाल, वर्तहिरा राई, दलितबाट दुर्गबहादुर सार्की र अल्पसंख्यक तर्फ बसन्तकुमार चाम्लिङ्ग राई रहेको निर्वाचन अधिकृत सुवास भट्टराईले जानकारी दिए । गठबन्धन उमेदवारलाई पछि पार्दै एमाले उमेदवार निर्बाचित भएका हुन् ।

रौतामाईमा १६ जनाको कार्यपालिका बोर्ड गठन भएको छ । त्यसमध्ये एमालेका ११ जना, नेपाली काँग्रेसका उपाध्यक्ष सहित ३ जना र नेकपा माओबादी केन्द्रबाट अध्यक्ष सहित २ जना रहेका छन् । पालिका अध्यक्ष र उपाध्यक्ष नजिते पनि निर्णायक भूमिकामा भने एमाले नै देखिएको छ ।  सर्बसहमत नभएका प्रस्ताव माथि छलफल गर्दा बहुमत र अल्पमतको अंकगणितिय खेलमा एमालेको धारणा नै अन्तिम हुने देखिएको छ । ८ वटा वडा र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ४२ जना निर्वाचित जनप्रतिनिधि रहेको रौतामाईमा एमालेले एक्लैले २३ जना र बाँकी गठबन्धनबाट विजयी भएका हुन् । 

एमालेले वडानं १,२,३,५,७ गरी ५ वडा, काँग्रेसले पालिका उपाध्यक्ष सहित वडा नं ४ र ८, माओबादीले पालिका अध्यक्ष सहित वडा नं ६ मा वडाध्यक्ष जीतेका थिए । पालिका अध्यक्षदेखि वडा तहसम्म गठबन्धन गरेका माओबादी र कांग्रेसलाई एमालेले सहजैपछि पार्दै जितेको हो । गठबन्धनकै कारण एमालेले वडाको संख्या बढाउन नसकेको एमालेका रौतामाई गाउँपालिका कमिटी अध्यक्ष केशब राईले बताए । उनले भने, ‘२०७४ को निर्वाचनमा पनि हामीले ५ सिट नै जितेका हौं, त्यसमा वडा नं ६ र ८ बाट दुई जना सदस्य थप गर्न सफल भयौं । निर्बाचित वडा फेरवदल भए पनि संख्यात्मक हिसाबले एमाले पुरानै अवस्थामा रहेको उनले बताए । 

यता गठबन्धन गरेका  माओवादीले भने अघिल्लो दुई सिटलाई खुम्च्याएर एकमा सिमित भएको हो । काँग्रेसले भने अघिल्लो आकारमा एक वडा थप गरेको छ । अघिल्लो पटक एमालेका उमेदवार गजेन्द्रबहादुर खड्कासँग पराजित भएका हालका अध्यक्ष बिरेन्द्रकुमार मगर यस पटक भने गठबन्धन गरेर भए पनि बाजी मार्न सफल भए । अघिल्लो निर्वाचनमा नै अध्यक्षमा तेश्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेदवार भुपेन्द्रबहादुर थापा भने यस पटक गठबन्धनबाट उपाध्यक्षमा जीत निकाल्न सफल भए ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा