२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

अध्यक्ष र उपाध्यक्ष गुमाएको रौतामाईको कार्यपालिकामा एमालेको बहुमत

१८ जेष्ठ २०७९, बुधबार १५:१८

जेठ १८, उदयपुर | उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद गुमाएको नेकपा एमालेले कार्यपालिकामा बहुमत पुर्‍याएको छ । मंगलबार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गराएका एमालेका सबै सदस्य निर्वाचित भएका हुन् । 

निर्वाचित महिला सदस्य भित्रबाट ४ र बाहिर सिमान्तकृत, अल्पसंख्यक समुदायबाट २ जना गरी ६ जना थप हुने कार्यपालिकामा सबै जना एमालेबाट निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा महिलातर्फ गौरीमाया मगर, ज्ञानकुमारी मगर, देविमाया दाहाल, वर्तहिरा राई, दलितबाट दुर्गबहादुर सार्की र अल्पसंख्यक तर्फ बसन्तकुमार चाम्लिङ्ग राई रहेको निर्वाचन अधिकृत सुवास भट्टराईले जानकारी दिए । गठबन्धन उमेदवारलाई पछि पार्दै एमाले उमेदवार निर्बाचित भएका हुन् ।

रौतामाईमा १६ जनाको कार्यपालिका बोर्ड गठन भएको छ । त्यसमध्ये एमालेका ११ जना, नेपाली काँग्रेसका उपाध्यक्ष सहित ३ जना र नेकपा माओबादी केन्द्रबाट अध्यक्ष सहित २ जना रहेका छन् । पालिका अध्यक्ष र उपाध्यक्ष नजिते पनि निर्णायक भूमिकामा भने एमाले नै देखिएको छ ।  सर्बसहमत नभएका प्रस्ताव माथि छलफल गर्दा बहुमत र अल्पमतको अंकगणितिय खेलमा एमालेको धारणा नै अन्तिम हुने देखिएको छ । ८ वटा वडा र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ४२ जना निर्वाचित जनप्रतिनिधि रहेको रौतामाईमा एमालेले एक्लैले २३ जना र बाँकी गठबन्धनबाट विजयी भएका हुन् । 

एमालेले वडानं १,२,३,५,७ गरी ५ वडा, काँग्रेसले पालिका उपाध्यक्ष सहित वडा नं ४ र ८, माओबादीले पालिका अध्यक्ष सहित वडा नं ६ मा वडाध्यक्ष जीतेका थिए । पालिका अध्यक्षदेखि वडा तहसम्म गठबन्धन गरेका माओबादी र कांग्रेसलाई एमालेले सहजैपछि पार्दै जितेको हो । गठबन्धनकै कारण एमालेले वडाको संख्या बढाउन नसकेको एमालेका रौतामाई गाउँपालिका कमिटी अध्यक्ष केशब राईले बताए । उनले भने, ‘२०७४ को निर्वाचनमा पनि हामीले ५ सिट नै जितेका हौं, त्यसमा वडा नं ६ र ८ बाट दुई जना सदस्य थप गर्न सफल भयौं । निर्बाचित वडा फेरवदल भए पनि संख्यात्मक हिसाबले एमाले पुरानै अवस्थामा रहेको उनले बताए । 

यता गठबन्धन गरेका  माओवादीले भने अघिल्लो दुई सिटलाई खुम्च्याएर एकमा सिमित भएको हो । काँग्रेसले भने अघिल्लो आकारमा एक वडा थप गरेको छ । अघिल्लो पटक एमालेका उमेदवार गजेन्द्रबहादुर खड्कासँग पराजित भएका हालका अध्यक्ष बिरेन्द्रकुमार मगर यस पटक भने गठबन्धन गरेर भए पनि बाजी मार्न सफल भए । अघिल्लो निर्वाचनमा नै अध्यक्षमा तेश्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेदवार भुपेन्द्रबहादुर थापा भने यस पटक गठबन्धनबाट उपाध्यक्षमा जीत निकाल्न सफल भए ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य