२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा जिल्ला समन्वय समिति गठनमा जसपा–कांग्रेस तालमेलको सम्भावना

२१ जेष्ठ २०७९, शनिबार ०३:१०

जेठ २१, महोत्तरी | महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ ।

जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन् । 

महोत्तरीमा कुनै दलको एकल बहुमत पुग्ने अवस्था छैन । जिल्लामा १५ वटा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको गरी ३० जना मतदाता छन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख/अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षबाहेकका मतदाता हुँदैनन् । 

निर्वाचित जनप्रतिनिधिहरूको अंकगणितको आधारमा जनता समाजवादी पार्टी (जसपा) जिल्लामा  सबैभन्दा ठूलो दल हो । जसपाका पाँच जना प्रमुख र छ जना उपप्रमुख छन् ।

त्यस्तै, दोस्रो दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पाँच जना प्रमुख र तीन जना उपप्रमुख छन् । 

नेपाली कांग्रेसले दुई प्रमुख, चार उपप्रमुख, नेकपा एमालेले एक प्रमुख, एक उपप्रमुख, तराई मधेस लोकताीन्त्रक पार्टी (तमलोपा)ले एक प्रमुख जित्दा एक जना स्वतन्त्र प्रमुख र एक जना उपप्रमुख रहेका छन् । 

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले जिल्ला समन्वय समिति गठनमा पनि तालमेल गर्ने निर्णय गरेका छन् । सोहीअनुसार दलहरूबीच गठबन्धनको चर्चाले अहिले महोत्तरीको राजनीतिक माहोल तातेको छ ।

समन्वय समिति प्रमुख र उपप्रमुखसहित नौं सदस्यीय हुन्छ । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ ।

अन्य पाँच सदस्य गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यमध्येबाट हुनेछन् । उनीहरू जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखजस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्लासभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरू पदेन सदस्य हुनेछन् ।

महोत्तरीमा जिल्ला समन्वय समिति गठन गर्न बहुमत १६ जना आवश्यक हुन्छ । ठूलो दलको हैसियतले जसपाले लोसपा र कांग्रेसमध्ये एक दलसँग तालमेल गर्दा बहुमत पुग्छ । 

तर, जसपा लोसपासँग भन्दा पनि कांग्रेससँग नजिक छ । दुई दलबीच तालमेल हुँदा सामान्य बहुमत १६ भए पनि १७ मत हुने देखिएको छ ।  यसअघि बल्वा नगरपालिकाको कार्यपालिका निर्वाचनमा पनि जसपा–कांग्रेस तालमेल भएको थियो । 

जसपा महोत्तरी अध्यक्ष रामबाबु यादव समन्वय समितिका लागि तालमेल कांग्रेससँगै हुन सक्ने बताउँछन् । 

तर, जलेश्वर नगरपालिकाको कार्यपालिका निर्वाचन हुन भने बाँकी छ । जिल्ला निर्वाचन कार्यालयले जनाएअनुसार त्यहाँ आज निर्वाचन हुने भएको छ । 

‘हामी आजभोलि नै सूचना प्रकाशन गरेर तयारीमा लाग्छौँ । सम्बन्धित जनप्रतिनिधिलाई कार्य क्षेत्र नछाड्न पनि भनेका छौँ’, कार्यालय प्रमुख सुबोध महतोले न्युज कारखानासँग भने ।

निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेसँगै जिल्ला समन्वय समिति गठन प्रक्रिया सुरु हुनेछ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति निर्वाचनका लागि सूचना प्रकाशित गर्ने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै