१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेकाे प्यानल निर्विरोध

२२ जेष्ठ २०७९, आईतवार ०४:१९

जेठ २२, अर्घाखाँची | जिल्ला समन्वय समिति अर्घाखाँचीकाे सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । ५ दलीय  गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेकाे पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।

यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता  जिवनारायण काेइराला निर्विरोध चयन भएका छन् । पाणिनी-५ मैदान निवासी कोईराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहेका छन् ।

यसैगरी उपप्रमुखमा एमाले  नेतृ  लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् ।  छत्रदेव-१ चिदीका निवासी ज्ञवाली नेकपाकाे निरन्तरताकाे रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।

यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू  पाणिनी-७ का कमल घिमिरे , भुमिकास्थान-८ का झुपलाल खनाल र  सन्धिखर्क-७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमाले नेतृ  टुल्कादेबी आचार्य, मालारानी-४,डालकुमारी भण्डारी, शितगंगा-१०,सीता आचार्य, मालारानी-१ चयन भएका छन् ।  दलित/अल्पसंख्यक सदस्य पदमा मिना बि.सी. परियार चयन भएका छन् ।

जिल्लाका ६ वटा पालिका मध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो  । 

समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको  आठ,नेपाली कांग्रेसको दुई , राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ । 

कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय  गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरीएको छ भने नेकपा एमालेले २०५४ सालको बिरासत फिर्ता गरेको छ । निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज समाजवादी मोर्चाले बृहत् अन्तर्क्रिया कार्यक्रम गर्दै आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिललाई ट्रम्पले गरे बर्खास्त एमाले संसदीय दलको बैठक आज बस्दै, यी विषयमा हुने छलफल ! मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ट्याक्सी चालक पोखराबाट पक्राउ आज दुईवटा संसदीय समितिको बैठक बस्दै आजको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो छ, आज देशभरको मौसम रास्वपाले अध्यादेशका गुण र दोषका आधारमा संसदमा बहस गर्ने, यी हुन् सचिवालय बैठकका निर्णय भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर आशिका तामाङ पुन: पक्राउ आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय, फेरि पक्राउ गरिँदै किष्ट अस्पतालको शौचालयमा ३१ वर्षीय युवक मृत फेला ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग पत्रकार महासंघको माग स्रोत नखुलेको ३९ लाखसहित इन्द्रचोकबाट एकजना पक्राउ प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी? दुर्घटनाग्रस्त जेजु विमानको इन्जिनमा चराका प्वाँख र रगत धब्बा फेला: प्रारम्भिक अनुसन्धान भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ आईएल टी-२०: दीपेन्द्रआबद्ध गल्फको लगातार दोस्रो जित, दीपेन्द्रले पाएनन् खेल्ने मौका आप्रवासी बोकेको सैनिक जहाज अवतरण गर्न दिएपछि कोलम्बियामाथि लगाएको प्रतिबन्ध अमेरिकाले हटायो