२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

निजगढ नगर उद्योग वाणिज्य संघमा दिपेन्द्र श्रेष्ठको प्यानल विजयी

२२ जेष्ठ २०७९, आईतवार ०५:०१

जेठ २२, निजगढ | निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार संघमा श्रेष्ठको प्यानल नै विजयी भएको छ ।

मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले विजयी भएका हुन् । श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रवि कुमार बर्तौलाले १०३ मत प्राप्त गरे ।

३७६ मतदाता रहेकोमा निर्वाचनमा ३०७ मत खसेको थियो । मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीहरूलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

संघको प्रथम उपाध्यक्षमा १६३ मत ल्याएर गोरखबहादुर खड्का, द्वितीय उपाध्यक्षमा २००  मत ल्याई नवराज मैनाली, तृतीय उपाध्यक्षमा २०३ मत ल्याएर उषा लामा मोक्तान विजयी भएका छन् ।

यस्तै महासचिवमा १५१ मतका साथ गोविन्द न्यौपाने र कोषाध्यक्षमा १८८ ल्याई होमप्रसाद न्यौपाने (महेश) विजयी भएका छन् ।  वाणिज्यतर्फ सचिवमा १६३ मतसहति विजय तिमल्सिना र उद्योगतर्फ सचिवमा १६९ मतका साथ विष्णुप्रसाद रिसाल निर्वाचित भएका थिए ।

१२ खुला सदस्य पदका लागि २४ जनाको प्रतिस्पर्धामा श्यामकुमार श्रेष्ठ १७१ मत, उमेश दाहाल १८६ मत, सरोज कोइराला १७७ मत, सीताकुमारी गौतम (उप्रती) १६८ मत, कृष्णबहादुर सुनार १६६ मत, अजित कोइराला (इराज) १७५ मत, भोलाप्रसाद तिमल्सिना १६२ मत, दिपा सापकोटा १६९ मत, उत्सव श्रेष्ठ १९९ मत, अरुणकुमार साह १६४ मत, अभिषेक शर्मा (वैकुण्ठ) १८५ मत र गणेशबहादुर क्षेत्री (रायमाझी) १७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता