२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले सदस्यबाट महीनाको आठ करोड शुल्क उठाउने

२०७९, २२ जेष्ठ आईतवार १०:१९

जेठ २२, काठमाडौं | नेकपा (माओवादी केन्द्र) ले पार्टीका सदस्यबाट महीनामा करीब आठ करोड शुल्क संकलन गर्ने भएको छ।

शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पूर्व स्थायी समितिका सदस्यको बैठकले पार्टीका सदस्यबाट शुल्क उठाउने निर्णइ गरेको हो। प्रत्येक सदस्यबाट महीनाको एक सय रुपैयाँ शुल्क उठाउने निर्णय भएको माओवादी नेता हरिबोल गजुरेलले बताए।


उनका अनुसार पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन र अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका सदस्यबाट शुल्क उठाउन लागिएको हो। अहिलेसम्म देशभर आठ लाख सदस्य रहेको माओवादीले जनाएको छ। सबै सदस्यबाट गरेर महीनामा आठ करोड रुपैयाँ संकलन हुने माओवादीले जनाएको छ।

यससँगै माओवादी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। त्यस्तै, भरखरै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा पनि छलफल भएको छ।

माओवादी पदाधिकारी चयनका विषयमा पनि छलफल भएको छ। गत पुसमा माओवादीले आठौं महाधिवेशन भएको थियो। अध्यक्ष र केन्द्रीय सदस्य चयन भए पनि पदाधिकारी छनोट हुन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते