१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले सदस्यबाट महीनाको आठ करोड शुल्क उठाउने

२२ जेष्ठ २०७९, आईतवार १०:१९

जेठ २२, काठमाडौं | नेकपा (माओवादी केन्द्र) ले पार्टीका सदस्यबाट महीनामा करीब आठ करोड शुल्क संकलन गर्ने भएको छ।

शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पूर्व स्थायी समितिका सदस्यको बैठकले पार्टीका सदस्यबाट शुल्क उठाउने निर्णइ गरेको हो। प्रत्येक सदस्यबाट महीनाको एक सय रुपैयाँ शुल्क उठाउने निर्णय भएको माओवादी नेता हरिबोल गजुरेलले बताए।


उनका अनुसार पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन र अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका सदस्यबाट शुल्क उठाउन लागिएको हो। अहिलेसम्म देशभर आठ लाख सदस्य रहेको माओवादीले जनाएको छ। सबै सदस्यबाट गरेर महीनामा आठ करोड रुपैयाँ संकलन हुने माओवादीले जनाएको छ।

यससँगै माओवादी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। त्यस्तै, भरखरै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा पनि छलफल भएको छ।

माओवादी पदाधिकारी चयनका विषयमा पनि छलफल भएको छ। गत पुसमा माओवादीले आठौं महाधिवेशन भएको थियो। अध्यक्ष र केन्द्रीय सदस्य चयन भए पनि पदाधिकारी छनोट हुन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक