२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मेयर भट्टराईले गरे सम्पत्ति विवरण सार्वजनिक

२०७९, २२ जेष्ठ आईतवार १४:५२

जेठ २२, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भट्टराईले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

मेयर भट्टराईले आफ्नो केही ठाउँमा जग्गा, घर, नगद तथा अपसेट प्रेस र थुक्पा उद्योगमा लगानी रहेको जानकारी दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सम्पत्ति विवरण सार्वजनिक गर्ने मेयर भट्टराई पहिलो हुन् । 

मेयर भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा १६ रोपनी २ आना ३ दाम पैतृक जग्गा रहेको, आमा पद्मकुमारी भट्टराईको नाममा सगोलमा ३ रोपनी ४ दाम जग्गा रहेको, भक्तपुरमा श्रीमतीको नाममा ९ आना २ पैसा जग्गा रहेको, उदयपुरको रामपुरमा साँढे २ कट्ठा जग्गा श्रीमतीको नाममा रहेको, दिक्तेलमा साँढे ६ आना जग्गामा ८ कोठे २ तले काठको घर रहेको जानकारी दिएका छन् । 

यस्तै, श्रीमतीसँग सुनको गहना ७ तोला, चाँदी १६ तोला, श्रीमतीकै नाममा वाणिज्य बैंकमा नगद ८० हजार रहेको सार्वजनिक गरेका छन् । डिल्लीबजार काठमाडौंमा साझेदारीमा २०६७ सालदेखि हलो हलेसी अपसेट प्रेस सञ्चालनमा रहेको र दिक्तेलमा साझेदारीमा थुक्पा उद्योग स्थापना गरेको मेयर भट्टराईले जानकारी दिए । थुक्पा उद्योग स्थापना गर्नेक्रममा ग्लोबल आइएमई बैंकबाट ७ लाख ५० हजार ऋण लिइएको भट्टराईले सार्वजनिक गरेका छन् । 

सामान्य आर्थिक अवस्थाका नेता जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि रातारात करोडपति बन्ने गरेको उल्लेख गर्दै भट्टराईले आफ्नो पाँच वर्षे कार्यकालमा आर्थिक अवस्था तथा जीवनशैलीमा कुनै फेरबदल नआउने दाबी गरे । ‘नेपालमा राजनीति सामाजिक सेवा होइन कमाउने उद्योग बन्यो । 

निर्वाचित भएपछि नेता रातारात करोडपति बन्छ । न उसको कुनै उद्योग कलकारखाना छन् न व्यापार व्यवसाय नै । उ नागरिकभन्दा उपल्लो दर्जाको साहेब भएको घमन्ड गर्छ, विगतको हैसियत भुल्न पुग्छ,’ मेयर भट्टराईले भने, ‘यो गतिशील, परिवर्तनशील र जबाफदेही हुने समयमा आफैले परिवर्तन नगरे कसले गर्ने ? अव परिवर्तन नभए कहिले हुने ? यो सोच र दृढता लिएर सम्पत्ति विवरण सार्वजनिक गरेको हुँ । पाँच वर्ष साहब होइन सेवकका रूपमा काम गर्नेछु ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते