२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री हेरफेरबारे केही निर्णय भएकै छैन : विरोध खतिवडा

२०७९, २३ जेष्ठ सोमबार ०८:२६

जेठ २३, काठमाडौं | स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले मन्त्री फेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

साेमबार बेलुकासम्म नयाँ मन्त्रीहरूको सपथ ग्रहण हुने कार्यक्रम तय भएका बेला खतिवडाले मन्त्री हेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका हुन् । मन्त्री हेरफेरको विषयमा समाजवादीले सिफारिस गरेको हो भन्ने प्रश्नमा मन्त्री खतिवडाले भने, ‘मन्त्री सिफारिसको विषयमा कुनै निर्णय भएकै छैन । के पो भनेर सोध्नुभएको छ जहिल्यै पनि ।’

मन्त्रिपरिषद् फेरबदल भएको विषयमा कुनै निर्णय भएको भए यस विषयमा जानकारी दिन सकिने तर, कुनै निर्णय नै नभएको विषयमा के जवाफ दिने भनेर उनले प्रश्न गरे । 

मन्त्री हेरफेरको विषयमा भने सरकारमा सहभागी मन्त्रीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । मन्त्री हेरफेरको चर्चा चलेपछि स्वास्थ्यमन्त्री खतिवडा र पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । भेटका क्रममा उनीहरूले आफूलाई फिर्ता बोलाउने विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । 

अध्यक्ष नेपालले भने मन्त्री नियुक्त हुने बेला नै ६ महिनाको लागि मात्र हो भनेर गराइएको बताएका थिए । नयाँ मन्त्रीहरूको साेमबार सपथ ग्रहणको कार्यक्रम पनि तय भइसकेको थियो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सपथ ग्रहणको कुनै जानकारी दिइएको छैन । 

समाजवादीले नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो । 

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते