२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय, कहिले हुन्छ?

२०७९, २३ जेष्ठ सोमबार १०:०७

जेठ २३, काठमाडौं | सत्ता गठबन्धनको शीष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 


तत्काल मन्त्री परिवर्तन नगर्ने केही समयपछि गर्ने भन्ने कुरा भएको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिए । 

अहिले संसदमा बजेटबारे मन्त्रालयत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्री नपर्ने सहमति भएको उनको भनाइ छ । 

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । सोही आधारमा आइतबार मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो । 

प्रधानमन्त्रीले बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नसकिने बताएका थिए । सोही आधारमा गठबन्धनमा तत्काल मन्त्री नफेर्ने सहमति जुटेको हो । 

समाजवादीले नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो । 

पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । अब बजेट पारित नहुँदासम्मको लागि उनीहरूको पद जोगिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते