२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अघिल्लो कार्यकालमा भएका अनियमिता छानबिन गर्न समिति गठन

२४ जेष्ठ २०७९, मंगलवार ०२:०३

जेठ २४, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो जनप्रतिनिधिको कार्यकालमा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा परेका उजुरीमाथि )छनविन गर्न छानविन समिति गठन गरेको छ । 

नगर कार्यपालिकाको बैठकले २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा जनगुनासो तथा उजुरी परेको सन्दर्भमा छानविन गरी यथार्थ सार्वजनिक गर्ने प्रयोजनका लागि उपमेयर विसन राईको संयोजकत्वमा ९ सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यमा राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (इन्जिनियर), युवराज श्रेष्ठ (चाटर्ड एकाउण्टेण्ट), कृष्ण बुढाथोकी र सदस्य सचिवमा तीर्थबहादुर बिकलाई राखिएको नगरपालिकाले जनाएको छ । 

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका दिपनारायण रिजाल मेयर र बिणादेबी राई उपमेयरमा निर्वाचित भएका थिए । 

बैठकले नगर कार्यपालिका ९कार्यसम्पादन० नियमावली, २०७४ बमोजिमको ९ वटा विषयगत समितिको संयोजक तोकेको छ । शहरी तथा पुर्वाधार विकास समितिको संयोजक दिनेश घिमिरे, आर्थिक विकास समिति संयोजकमा दिनेश राई, सामाजिक विकास समितिका संयोजक दानबहादुर राई, वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन समितिका संयोजकमा रामकुमार हिङमाङ, योजना, अनुगमन तथा तथ्यांक समिति संयोजकमा नवराज राई, राजस्व तथा आर्थिक प्रशासन समिति संयोजक खगेन्द्र राई, न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन समिति संयोजकमा हरि चौंलागाई र सामान्य प्रशासन समिति संयोजकमा झुलेन्द्र बिक चयन भएका छन् । समितिका अन्य सदस्यहरु तोक्ने अधिकार मेयर र उपमेयरलाई प्रत्यायोजन गरिएको छ । 

उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्वन्धी कायर्यविधि, २०७६ बमोजिम योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गर्न उपमेयर राईको संयोजकत्वमा अञ्जना केसी र गंगा बिक सदस्य रहेको नगर स्तरीय योजना अनुगमन तथा सुपरिवेक्षण समिति गठन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने स्थानीय राजस्व परामर्श समिति, दफा ६६ बमोजिमको नगर प्रमुखको संयोजकत्वमा गठन हुने श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति तथा दफा ६७ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य तोक्ने अधिकार नगर प्रमुख र नगर उपप्रमुखलाई प्रत्यायोजन गरिएको छ । 

नगरपालिकाको शिक्षा क्षेत्रको सुधारका लागि सम्वन्धित क्षेत्रका विषयविज्ञ सहितको शिक्षा समिति गठन गर्ने र उक्त समितिको काम, कर्तव्य र अधिकार स्वीकृत गर्ने, बालबिकास सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था गर्ने लगायतका १२ बुँदे निर्णय गरिएको मेयर तीर्थराज भट्टराईले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा