१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लक्ष्मणलाल कर्णको कटाक्ष – ७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ

२४ जेष्ठ २०७९, मंगलवार ०९:४१

जेठ २४, काठमाडौँ |  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । 

विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताए । 


‘म तेस्रो चोटी संसद्‍मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्‍याे । उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्‍याे । त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास हुन्छ’, उनले संसद् बैठकमा भने,  ‘७७ जिल्लामा ७७ मन्त्री बनाइदिऔँ । संविधान संशोधन गरौँ । सांसदलाई हटाइदिऔँ । त्यसो भएपछि त मन्त्री हुँदा बजेट त जानेभयो’, कर्णले आक्रोशित हुँदै भने । 

उनले सांसदहरूलाई सरकारले कालीदास बनाउने प्रयास गरेको पनि आरोप लगाए । 

बजेट बनाउनु पहिले सांसदहरूसँग छलफल नगर्ने अनि एकै बजेट प्रस्तुत भएपछि छलफल गर्नुपर्ने स्थितिप्रति सङ्केत गर्दै त्यसो भनेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक