१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीलाई सांसद घनश्याम खतिवडाको प्रश्न– कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो ?

२७ जेष्ठ २०७९, शुक्रबार ०६:२५

जेठ २७, काठमाडौँ | प्रतिनिधि सभामा नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनप्रति आपत्ति जनाएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उत्तारुढ दलका नेता तथा कार्यकर्ताबाट विद्यालयका प्राधानाध्यपक कुटिनु दुःखद भएको बताए । 

‘जेठ २४ गते मोरङ जिल्लाको रतुमाई नगरपालिका वडा नं.९ जनता माविका प्रअ इश्वर खनाललाई त्यही वडाका निर्वाचित वडाध्यक्ष नेपाली कांग्रेसका इन्द्र बहादुर लिम्बुले नेपाली कांग्रेसको पार्टी कार्यालयमा झुक्याएर बोलाई सन्तोष घिमिरे लगायतका मान्छेबाट निर्ममतापूर्वक कुटपिट गरिएको छ,’ सांसद खतिवडाले भने । 


एउटा विद्यालयमा पढाउने प्रधानाध्यापकलाई नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाएर निर्घात कुटपिट गर्नुले सत्ताको दुरुपयोग भएको अनुभूति भइरहेको उनले जनाए । 

खतिवडाले प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गरे, ‘माथि विश्वविद्यालयदेखि ताला लगाउँदै अब विद्यालयका प्रअसम्म कुट्ने गरी कार्यक्रम झरेको हो ?’ 

कांग्रेसका नेता तथा कार्यकताबाट कुटिएका प्रधानाध्यापक अहिले अस्पतालमा उपचार गराइरहेको उनले जनाए । कांग्रेसका नेता तथा कार्यकर्ताले प्रधानाध्यापकको परिवारलाई मिलापत्रको नाममा दबाब दिइरहेको पनि उनले संसदलाई जानकारी दिए । 

‘यो राज्य आतंक मुलुकले कहिलेसम्म खेप्नु पर्ने हो सभामुख महोदय ? यो गठबन्धन सरकारले नेपाली जनतालाई दिएको शान्ति सुरक्षाको प्रत्याभूति यही हो ?,’ सांसद खतिवडाले प्रश्न गरे, अछाममा मान्छे मारिएको छ लाश उठ्दैन । दार्चुलमा मान्छे जिउँदै जलाइन्छ, सरकारले न्याय दिँदैन । बर्दियामा जनतामाथि गोली चलाउँछ । कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो ?’  

नेपाली जनताले विद्रोह गर्नुपर्ने अवस्था आयो भने जिम्मेवारी सरकारले लिनुपर्ने उनले जनाए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक