2026-06-17 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीलाई सांसद घनश्याम खतिवडाको प्रश्न– कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो ?

जेठ २७, काठमाडौँ | प्रतिनिधि सभामा नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनप्रति आपत्ति जनाएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उत्तारुढ दलका नेता तथा कार्यकर्ताबाट विद्यालयका प्राधानाध्यपक कुटिनु दुःखद भएको बताए । 

‘जेठ २४ गते मोरङ जिल्लाको रतुमाई नगरपालिका वडा नं.९ जनता माविका प्रअ इश्वर खनाललाई त्यही वडाका निर्वाचित वडाध्यक्ष नेपाली कांग्रेसका इन्द्र बहादुर लिम्बुले नेपाली कांग्रेसको पार्टी कार्यालयमा झुक्याएर बोलाई सन्तोष घिमिरे लगायतका मान्छेबाट निर्ममतापूर्वक कुटपिट गरिएको छ,’ सांसद खतिवडाले भने । 


एउटा विद्यालयमा पढाउने प्रधानाध्यापकलाई नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाएर निर्घात कुटपिट गर्नुले सत्ताको दुरुपयोग भएको अनुभूति भइरहेको उनले जनाए । 

खतिवडाले प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गरे, ‘माथि विश्वविद्यालयदेखि ताला लगाउँदै अब विद्यालयका प्रअसम्म कुट्ने गरी कार्यक्रम झरेको हो ?’ 

कांग्रेसका नेता तथा कार्यकताबाट कुटिएका प्रधानाध्यापक अहिले अस्पतालमा उपचार गराइरहेको उनले जनाए । कांग्रेसका नेता तथा कार्यकर्ताले प्रधानाध्यापकको परिवारलाई मिलापत्रको नाममा दबाब दिइरहेको पनि उनले संसदलाई जानकारी दिए । 

‘यो राज्य आतंक मुलुकले कहिलेसम्म खेप्नु पर्ने हो सभामुख महोदय ? यो गठबन्धन सरकारले नेपाली जनतालाई दिएको शान्ति सुरक्षाको प्रत्याभूति यही हो ?,’ सांसद खतिवडाले प्रश्न गरे, अछाममा मान्छे मारिएको छ लाश उठ्दैन । दार्चुलमा मान्छे जिउँदै जलाइन्छ, सरकारले न्याय दिँदैन । बर्दियामा जनतामाथि गोली चलाउँछ । कहिलेसम्म सत्तारुढ दलको ज्यादती खप्ने हो ?’  

नेपाली जनताले विद्रोह गर्नुपर्ने अवस्था आयो भने जिम्मेवारी सरकारले लिनुपर्ने उनले जनाए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु