२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्वमन्त्री मिथिला चौधरीको निधन

२०७९, २८ जेष्ठ शनिबार ०६:१९

जेठ २८, सप्तरी | पूर्वजनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएकाे छ । चाैधरीकाे शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको हाे । क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षा चौधरीले बताईन्  । 

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । त्यसबेला चौधरी नेकपा (संयुक्त)को सांसद थिइन् । संविधान सभा २०७० को सभासद रहेकी चौधरी मन्त्री भएकै बेला नेकपा (संयुक्त) र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो ।  देउवाले मन्त्रिपरिषद् पुर्नगठन गरी ६४ सदस्यीय बनाएका थिए ।

वि.सं. २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर नगरपालिका–८ मा जन्मेकी चौधरीको विवाह सप्तरीको राजविराज–५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो । उनको श्रीमान, एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने