२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जिसस कैलालीको निर्वाचनमा पाँचदलीय गठबन्धनतर्फ लागे गाेपाल हमाल

३० जेष्ठ २०७९, सोमबार ०७:५७

जेठ ३०, धनगढी | जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेकालाई भोट हालेका छन् ।

Avatar

जिल्ला समन्वय समितिका नेतृत्वका लागि कैलालीमा शत्तारुढ तीन दलको गठबन्धन र नागरिक उन्मुक्ति पार्टी तथा एमालेको गठबन्धन बनेको थियो ।

सत्तारुढ गठबन्धनतर्फ मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेपछि दुवै गठबन्धनको मतभार १२-१२ थियो । यस्ताे अवस्थामा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयर बनेका हमाल निर्णयक थिए ।

शनिबारसम्म कतै नखुलेका हमालले आज भने गठबन्धनकाे उम्मेदवारलाई भोट हालेको बताएका छन् । उनको भोटसँगै सत्तारुढ गठबन्धनले जिससको नेतृत्व गर्ने देखिएको छ । 

बिहान साढे ७ बजेदेखि सुरु भएको मतदानमा कूल २५ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।  जिसस कैलालीको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरी उम्मेदवार छन् । 

१३ पालिकाका २६ जना मतदाता रहेको कैलालीमा २५ जना मात्रै मतदाता छन् । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान