२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयोः अध्यक्ष ओली

२०७९, २ असार बिहीबार ०७:५७

असार २, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाएका छन् । 

काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले कमिसन खाएर बजेट ल्याएको समेत जनाए । 

‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन बाहिरका अनधिकृत मान्छे राखेर बजेट बनाइन्छ । दुनियामा यस्तो कहीँ कल्पना गरिदैन,’ अध्यक्ष ओलीले भने, ‘बजेट अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव आदिले तयार गर्छन् । तर यहाँ त अनधिकृत मान्छे ल्याएर व्यापारीसँग सेटिङ मिलाएर करको दर तोकिन्छ ।’ 

बजेट ल्याउनु एक दिनअघि अर्थमन्त्री जनार्दन शर्मा पौडेलले दुई जना अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा ल्याई करको दर हेरफेर गरेको कुरा सार्वजनिक भएपछि ओलीले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीले पञ्चायतको बेलामा पनि नभएको अभ्यास वर्तमान सरकारले गरेको आरोप लगाए । 

‘यहाँ त बजेट बनाउँदै व्यापारिकका प्रतिनिधि राखेर बनाइन्छ । कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते