१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयोः अध्यक्ष ओली

२ असार २०७९, बिहीबार ०७:५७

असार २, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाएका छन् । 

काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले कमिसन खाएर बजेट ल्याएको समेत जनाए । 

‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन बाहिरका अनधिकृत मान्छे राखेर बजेट बनाइन्छ । दुनियामा यस्तो कहीँ कल्पना गरिदैन,’ अध्यक्ष ओलीले भने, ‘बजेट अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव आदिले तयार गर्छन् । तर यहाँ त अनधिकृत मान्छे ल्याएर व्यापारीसँग सेटिङ मिलाएर करको दर तोकिन्छ ।’ 

बजेट ल्याउनु एक दिनअघि अर्थमन्त्री जनार्दन शर्मा पौडेलले दुई जना अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा ल्याई करको दर हेरफेर गरेको कुरा सार्वजनिक भएपछि ओलीले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीले पञ्चायतको बेलामा पनि नभएको अभ्यास वर्तमान सरकारले गरेको आरोप लगाए । 

‘यहाँ त बजेट बनाउँदै व्यापारिकका प्रतिनिधि राखेर बनाइन्छ । कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल