२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा स्थानीय तहका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाए

२ असार २०७९, बिहीबार ०९:२१

असार २, रसुवा | रसुवामा स्थानीय तहको निर्वाचनमा भाग लिएका २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भाग लिएकामध्ये २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका हुन् । 

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको ३० दिनभित्र सबै उम्मेदवारले खर्च विवरण निर्वाचन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरुलाई आग्रह गरेको थियो ।

निर्वाचनमा ४ सय ६५ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन सम्पन्न भएको एक महिला पुग्दा हालसम्म २८ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

पालिका अध्यक्षमा नेशनल मंगोल अर्गनाइजेसनबाट उम्मेदवारी दिएका एक जना र बाँकी वडा सदस्यले निर्वाचन खर्च विवरण बुझाएको उनले बताए । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार खर्च विवरण बुझाएकामध्ये पालिका अध्यक्षमा उम्मेदवारी दिएकाले ३३ हजार २ सय खर्च गरेको विवरण बुझाएका छन् । त्यसैगरी वडा सदस्यमा उम्मेदवारी दिएकाहरुले ३२ सय देखि १ लाख ५० हजार सम्म खर्च गरेको विवरण बुझाएका छन् । 

जिल्लामा रहेका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीबाट उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण हालसम्म नबुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

वैशाख ३० गते भएको निर्वाचनको अन्तिम परिणाम जेठ ३ गते आएको थियो । जेठ ३ गतेभित्र उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गर्नुपर्ने निर्वाचन अधिकारी थापाले बताए । 'अन्तिम परिणामको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।  जिल्लामा निर्वाचनकाे अन्तिम मतपरिणाम जेठ ३ गते आएको थियो', उनले भने, 'खर्च विवरण बुझाउन हामीले स्थानिय तहहरुमा पनि जानकारी गराएका छौँ । खर्च विवरण आउने क्रम जारी छ, सबैको आएको छैन् । '

स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षले ३ लाख ५० हजार, वडाध्यक्ष र वडा सदस्यले १ लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु