१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी र मूल्यवृद्धि विरुद्ध उत्रिएकाबीच मसाल खोसाखोस (तस्बिरहरु)

९ असार २०७९, बिहीबार १५:०७

असार ९, काठमाडौं | पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 

बिहीबार साँझ काठमाडौंको बानेश्वरमा प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्य वृद्धिविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । 

युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । 

सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मूल्यवृद्धि फिर्तासहित प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।  प्रदर्शनका कारण बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो । केही दिन अघि सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको थियो । 




 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ