१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवलाई निष्कासन गर्ने सफलले पहिला नै राजीनामा दिएको खुलासा

१९ असार २०७९, आईतवार ०६:२५

असार १९, काठमाडौँ | नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ ।

सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै राजीनामा दिएका सफलले गौतमलाई निष्कसन गरेको भन्ने खबर सत्य नभएको बताएका छन् ।

‘अभियानका नौजना सचिवालय सदस्यहरूमध्ये युवराज सफलले ०७९ असार १६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नुभएको र १७ असारमा संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भई राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ।’ पाण्डेले भने । सञ्चारमाध्यमले सफल नेतृत्वको सचिवालय बैठकले संयोजक गौतमलाई निष्कासन गरेको भन्ने गलत समाचार भएको उनको भनाइ छ ।

साथै, गौतमसमक्ष सफलले राजीनामा दिएको पत्र प्रचार विभाग प्रमुख पाण्डेले सार्वजनिक गरेका छन् । गौतम नेतृत्वको अभियानमा संलग्न हुन आएका आधुनिक नेपाल समाजवादी पार्टी नेकपा (राष्ट्रवादी), आमनेपाली पार्टीका प्रमुखहरूलाई अन्य दलसँग वार्ता गर्न गठन गरिएको वार्ता टोलीमा गौतमले समावेश नगरेको तथा सचिवालय गठन गर्दा उक्त पार्टीका नेताहरूलाई नराखेपछि राजीनामा दिएको सफलले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ