१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखाका दुई जनालाई मन्त्री बनाउँछु, जिताइदिनुस् : प्रचण्ड

२७ कार्तिक २०७९, आईतवार १०:५१

कार्तिक २७, काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू र कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि 'नेपालमा गर्न नसकिने केही नरहेको' दाबी गरेका छन्। 

चुनाव प्रचारप्रसारका क्रममा आइतबार हेलिकोप्टर चार्टर गरी चुमनुब्री-३ सिर्दिबासको फिलिम पुगेका प्रचण्डले सभामा बोल्दै आफूहरु दुई मिलेपछि नेपालमा सबै काम गर्न सम्भव हुने बताएका हुन्।


'गोरखाको विकासका निम्ति राजेन्द्र बजगाईंलाई केन्द्रमा र नन्द न्यौपानेलाई प्रदेशमा मन्त्री बनाई विकासको जिम्मा दिइनेछ। यो प्रस्ताव म शेरबहादुर देउवाजीसँग राख्नेछु', स्थानीय भेषभुषमा सजिएका प्रचण्डले सभामा बोल्दै भने, 'अहिले नेपालमा शेरबहादुर देउवा र प्रचण्ड मिलेपछि नहुने केही पनि छैन।' 

उनले प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र बजगाईँलाई र प्रदेशसभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई रुखमा मतदान गर्न र समानुपातिकमा नेकपा माओवादी केन्द्रलाई हँसिया हथौडामा मतदान गर्न आग्रह गरे। 

जनताले जिताएपछि दुवै जनालाई मन्त्री बनाउने जिम्मेवारी आफूले लिने उनको दाबी थियो। आफू जहाँ गयो त्यहीँका स्थानीयवासीले विज्ञप्तिमार्फत विभिन्न समस्या राखी समाधानको माग गरेकाले आफू त्यसप्रति संवेदनशील रहेको उनको भनाइ थियो।

उनले यसअघि चुमनुब्रीकै छेकम्पार, सामागाउँको चुनावी सभामा सम्बोधन गरेका थिए। त्यहाँबाट उनी धार्चेको माछाखोला र बारपाकको चुनावी सभामा सहभागी भई सहिदलखनको घैरुङको चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन