१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णालीलाई सुगम बनाउनु छ : एमाले अध्यक्ष ओली

२७ कार्तिक २०७९, आईतवार ११:२५

कात्तिक २७, मान्म | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताउनुभएको छ । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उहाँले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

“सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ", उहाँले भन्नुभयो, “यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।” अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताउनुभयो । 

“हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ ।”

अब केही दिनपछि चुनाव आउँदैछ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताउनुभयो । “यो देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने र स्वाधीन बनाउने मौका आएको छ”,उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण