१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

चुँदीरम्घालाई साहित्यिक धामका रूपमा विकास गर्छौंं : नेता पौडेल

३० कार्तिक २०७९, बुधबार १४:१३

कात्तिक ३०, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ तनहुँ क्षेत्र नं १ का लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक धामका रूपमा विकास गर्ने बताउनुभएको छ । 

भानु नगपालिका–२ गोठरीमा आज आयोजित चुनावीसभामा नेता पौडेलले भानु नगरपालिका–४ चुँदीरम्घासहित यस क्षेत्रलाई साहित्यिक धाम बनाइने बताउनुभएको हो । भानुको पवित्र जन्मस्थलमा जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने उहाँको भनाइ थियो । 

उहाँले आसन्न निर्वाचनमा गठबन्धनतर्फका उम्मेदवारहरूलार्य विजयी बनाउन मतदाताहरूसमक्ष आग्रह गर्नुभयो । उन्नत र स्वावलम्बी समाज निर्माण गर्न जीवनोपयोगी शिक्षा, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा र श्रमको सम्मान गर्ने संस्कृति आवश्यक रहेको नेता पौडेलले बताउनुभयो । शिक्षालाई सीपमा, सीपलाई श्रममा, श्रमलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा र रोजगारीलाई बजारमा पु¥याउने नीति ल्याइने वरिष्ठ नेता पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तनहुँ क्षेत्र नं १ को प्रदेश (१) बाट प्रदेशसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार अशोककुमार श्रेष्ठले समाज परिवर्तनको वेगलाई लोकतान्त्रिक तथा प्रगतिशील ऊर्जामा रुपान्तरण गर्न संविधानले जनतासँग गरेको समुन्नत नेपालको जग बसाल्ने कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण