२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिगमनलाई पराजित गर्ने अवसर आएको छ: अध्यक्ष दाहाल

२०७९, १ मंसिर बिहीबार १२:२५

मङ्सिर १, काठमाडौँ | नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रुपमा यही मङ्सिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गर्नुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले ७० वर्ष सङ्घर्ष गरेर प्राप्त गरेको अधिकार खोसेर प्रतिगमन गर्न खोज्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ भन्नुभयो  ।

उहाँले झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको तत्कालीन नेकपालाई टुक्राटुक्रा पार्ने र  जनप्रतिनिधिमूलक संस्थालाई असंवैधानिकरुपमा पटकपटक विघटन गर्ने काम नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले गर्नुभएको आरोप लगाउनुभयो ।  

उहाँले भन्नुभयो, “संविधान च्यात्नका लागि भोट माग्नुभएको हो ? भनेर अध्यक्ष ओलीलाई सोध्नुपर्छ । भ्रष्टाचार गर्नका लागि वा अरु केहीका लागि भनेर नेपाली जनताले सोध्नुपर्छ ।” नेपालमा समावेशीता, समानुपातिक प्रतिनिधित्व हुनुहुन्न । गणतन्त्र हुनुहुन्न र नेपाली जनतालाई अधिकार दिनुहुन्न भन्ने सोच राख्नेलाई नेपाली जनताले मत  दिन नहुने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस र वामपन्थी शक्तिबीचको साझा सहकार्यबाटै नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै उहाँले संविधानको रक्षा, आर्थिक विकासका लागि गरिएको गठबन्धनलाई पूर्णरुपमा सफल बनाउनुपर्ने बताउनुभयो ।

उहाँले काठमाडौँ निर्वाचन क्षेत्र नं २ का मतदाताको आकाङ्क्षालाई समेटेर तयार गरिएको कार्ययोजनालाई आफ्नोतर्फबाट पूरा गराउन पूर्णरुपमा लागिपर्ने धारणा राख्नुभयो । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताले विश्वास गरेर विसं २०७४ मा झण्डै दुई तिहाइ बराबरको जनमत दिए पनि केपी ओलीले त्यसलाई स्वीकार गर्न नसकेका कारण यस पटकको निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ ।

आफूहरु आबद्ध गठबन्धन देश र जनताको हितका लागि रहेको उल्लेख गर्दै उहाँले अर्को गठबन्धन प्रतिगामी र जनविरोधी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रतिगामी गठबन्धन र पराजित गर्नैपर्छ । सजाय दिनैपर्छ । मौका दिएपछि सदुपयोग गर्न नसक्ने, पार्टीलाई मिलाउन नसक्नेहरुले अबका दिनमा गल्ती सुधार गर्लान् र नयाँ ढङ्गले लान सक्लान् भन्ने आशा गर्न सकिँदैन ।”

उहाँले वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलसँग कृषि, पर्यटन, जलविद्युत् क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजनासमेत रहेको र बेरोजगारीको अन्त्य तथा आर्थिक विकास तथा समृद्धिको सुझबुझपूर्ण योजना रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले आफूले अगाडि सारेको योजना, कार्यक्रम र अभियानलाई अगाडि बढाउनका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार ओनसरी घर्तीलाई मतदान गरेर विजयी गराउन आग्रह गर्नुभयो । उहाँले संविधान विरोधी राजावादी र प्रतिगामी गठबन्धनलाई जनताले दण्डित गर्नैपर्ने र सजाय दिनैपर्नेमा जोड दिनुभयो ।

सभालाई सम्बोधन गर्दै कागेश्वरी मनहरा नगरपालिकाका प्रुमख उपेन्द्र कार्कीले गठबन्धनका उम्मेदवारलाई विजयी गराएर इतिहास कायम गर्नुपर्ने बताउनुभयो । सो क्षेत्रका  वाम लोकतान्त्रिक गठबन्धनक उम्मेदवार ओनसरी घर्तीले यही मङ्सिर ४ गते हुने निर्वाचनमा नेपाली जनताले जीत निकाल्ने कि जनविरोधी विजयी हुने भन्ने कुराको निर्धारण गर्ने फैसला जनता आफैँले गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभाका उम्मेदवार भरत फुयाँलले र धुव्र केसीले समग्र निर्वाचन क्षेत्रको विकासका लागि गठबन्धनका तर्फबाट अगाडि सारिएको प्रतिबद्धता प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि लागिपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल