२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह

२०७९, ३ मंसिर शनिबार ०३:१०

मङ्सिर ३, भक्तपुर | भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभयो ।

जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताउँदै उहाँले मतदानस्थल तयार पार्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । प्रजिअ शर्माले भन्नुभयो, “शान्ति सुरक्षाको पूर्णरूपमा सुनिश्चितता गरेका छौँ, भक्तपुरमा भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेका छाँै, त्यसका लागि आवश्यक तयारी पूरा भएको छ, निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्दछु ।”

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा दुई सय २२ मतदान केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । कर्मचारीका लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ ।

निर्वाचनका लागि भक्तपुरमा एक हजार सात सय ७६ निर्वाचन कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी खटाएको जानकारी दिँदै उहाँले निर्वाचनमा आठ सय ८६ म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी दुई हजार दुई सय १८ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र तीनदेखि पाँच जनासम्म स्वयंसेवक खटिनेछन् ।

निर्वाचनको दिन कर्मचारीमा कुनै समस्या नआओस् भनेर अतिरिक्त १० प्रतिशत कर्मचारी थप तयारी अवस्थामा तालिम दिएर राखेको उहाँले जानकारी दिनुभयो । भक्तपुरमा कुल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेका छन् । भक्तपुरका कुल मतदातामध्ये महिला ९९ हजार सात सय ५१, पुरुष ९४ हजार छ सय ८३ र अन्य पाँच जना रहेका छन् ।

भक्तपुरका कुल मतदान केन्द्रमध्ये १० वटा अपाङ्गतामैत्री रहेको प्रजिअ शर्माले बताउनुभयो । जसअन्तर्गत भक्तपुर नपामा पाँच, सूर्यविनायकमा तीन र मध्यपुरथिमि तथा चाँगुनारायण नपामा एक–एक वटा केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको छ ।

भक्तपुर नपाका पाँच मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालयमा अपाङ्गता भएकाहरूको सुविधाका लागि ¥यामसमेत बनाइएको प्रजिअ शर्माले जानकारी दिनुभयो । मतदानको दिन बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिँदै उहाँले पास भएका सवारीसाधनले मतदाता ओसारेको पाइएमा तत्कालै कारबाही गर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले मङ्सिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ । उहाँले निर्वाचनको दिनसम्म कहीँकतै मदिरा बिक्री वितरण गर्न नपाइने र मतदान सकिएपछि मतगणना नसकिएसम्म मतगणनास्थल आसपास मदिरा बिक्री वितरण गर्न निषेध गरिएको बताउनुभयो । 

प्रजिअ शर्माले मतदानको दिनसम्म हरेक केन्द्रमा नियमित अनुगमन गरिरहने जानकारी दिँदै आजसम्म भक्तपुरमा आचारसंहिता उल्लङ्घन नभएको र त्यसबारेमा कुनै उजुरी पनि नपरेको बताउनुभयो । निर्वाचनको दिन कुनै पनि केन्द्रमा उच्छृङ्खल तथा निर्वाचन आचारसंहिताविपरीतका कार्य भए तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला