2026-06-18 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा १५ दिनभित्रै रुसका तेस्रो व्यक्तिको रहस्यमयी मृत्यु

पुस १९, काठमाडौँ । भारतको तटीय राज्य ओडिशामा एक रुसी नागरिकको शव फेला परेको छ । पछिल्लो १५ दिनमा ओडिशामा मृत्यु हुने उनी रुसका तेस्रो नागरिक हुन् ।

प्रहरीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । यसअघि पनि एक सांसदसहित दुई जनाको मृत्युमा पनि ‘रहस्यको घेरा’ रहेको छ ।

ओडिशा प्रहरीले मंगलबार एक रुसी व्यक्तिको शव फेला पारेको बताएको छ, जसको पहिचान मिल्याकोभ सर्गेईको रुपमा भएको छ ।


जगतसिंहपुर जिल्लाको पारद्वीप बन्दरगाहमा रहेको एक जहाजमा यी व्यक्तिको शव भेटिएको हो । ५१ वर्षीय सर्गेइ एमबी अलदनाह शिपका मुख्य इन्जिनियर थिए । 

यो जहाज मुम्बईबाट पारादीप बन्दरगाह हुँदै बंगलादेशको चटगाउँ बन्दरगाह जाँदै थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सर्गेई बिहान ४ः३० बजे आफ्नो चेम्बरमा मृत फेला परेका थिए । सर्गेईको मृत्युको कारण भने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

रुसी इन्जिनियरको मृत्यु भएको पुष्टि गर्दै पारादीप पोर्ट ट्रष्टका अध्यक्ष पीएल हरानन्दले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

यसअघि डिसेम्बरको अन्तिम दिनमा ओडिशाको रायगडा सहरमा दुई रुसी पर्यटकको रहस्यमय मृत्यु भएको थियो ।

यी व्यक्तिहरूमध्ये एक सांसद पावेल एन्टोनोभ (६५ वर्ष) थिए, जो रुसी राष्ट्रपति पुटिनको आलोचक मानिन्छन् । डिसेम्बर २४ मा होटलको तेस्रो तलाबाट खसेर उनको मृत्यु भएको थियो ।

पावेल एन्टोनोभको मृत्यु हुनुभन्दा दुई दिनअघि उनका साथी भ्लादिमिर बिदेनोभको २२ डिसेम्बरमा मृत्यु भएको थियो । ओडिशा प्रहरीले यी दुवै घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई