१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सत्ता साझेदार दलको बैठक आज बस्दै, प्रदेशको भागबण्डा टुंग्याइने

२४ पुष २०७९, आईतवार ०७:२३

पुस २४, काठमाडौँ | एमाले नेतृत्वको नयाँ सत्ता साझेदार दलको बैठक आज बालुवाटारमा बस्दैछ। प्रदेशका  मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन साँझ सत्ता साझेदार दलको बैठक बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ। 

प्रदेश सरकार गठनको मिति नजिकिएकाले दलहरू आन्तरिक छलफलमा समेत जुटेका छन्। प्रदेश नम्बर १ मा सरकार गठनको आज अन्तिम दिन रहेको छ। प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्तिका लागि दिएको समय साँझ ५ बजेबाट सकिँदैछ।


प्रदेश नं. १ का नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन ४ दलको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । 

अन्य प्रदेशको भागबण्डा पनि आजको बैठकमा छलफल हुनेछ। प्रदेश प्रमुखको कार्यालयका अनुसार बागमती र गण्डकीमा सोमबार भित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ। त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबीका लागि पुस २७ गतेसम्मको समयावधि रहेको छ। मधेश प्रदेशमा बिहीबारभित्र दाबी पेश गर्नुपर्नेछ।  केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्ता समीकरण बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्री बनेका छन्। प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले मंगलबार विश्वासको मत लिँदैछन्। २ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रचण्डलाई १६९ सांसदको समर्थन रहेको छ।

नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। प्रचण्ड प्रधानमन्त्री बने पनि नयाँ समीकरणमा आबद्ध दलभित्र धेरै महत्वपूर्ण पदको भागबण्डा बाँकी छ। बालकोटको बैठकमा गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ। प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्। 

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता