पुस २४, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै ८ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुस/ रिसवत र शैक्षिक प्रमाणपत्र नक्कलीसम्बन्धी ८ वटा मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
रामविश्वास राय यादव,कुमार यादव,धनबहादुर तामाङ,रामान्द चौधरी,कुमारी साउद,लालु गिरी,देवजंग शाही,सिकन्दर प्रसान कानु र प्रा.डा.राजकुमार रौनियार र रामहरि रौनियारको मुद्दामा पुनरावेदन गरेको अख्तियारले जनाएको छ।