११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वासको मतबारे हामीलाई खबर आएको छैन: महन्थ ठाकुर

२४ पुष २०७९, आईतवार ११:०२

पुस २४, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन्। 

पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारे पार्टीमा कुनै जानकारी नआएकाले अहिले केही निर्णय नगरिएको बताए। 


सरकारले विश्वासको मतबारे पार्टीलाई औपचारिक जानकारी गराए छलफलबाट निर्णय लिने उनको भनाइ छ।

लोसपा सरकारमा जाने कि नजाने भन्ने प्रश्नमा ठाकुरले भने, 'विगतदेखि नै हामीसँग भएका सम्झौता कार्यान्वयनमा आएका छैनन्। अहिले पनि सरकारको न्यूनतम साझा कार्यक्रममा हाम्रो मागलाई समावेश गरिएको छैन। हाम्रो माग सरकारले पूरा गर्नुपर्छ। माग पूरा गर्ने ठोस प्रतिवद्धता आए हामी निर्णय गर्छौ।'

आफूहरू सत्तारुढ सात दलमा नरहेको भन्दै उनले सरकारलाई समर्थन वा प्रधानमन्त्रीलाई विश्वासको मतबारे पुस २६ गते नै थाहा हुने बताए। उनले भने, 'अहिलेसम्म हामीलाई सरकारको तर्फबाट कुनै औपचारिक प्रस्ताव आएको छैन। आएपछि पार्टीमा छलफल गरेर निर्णय लिन्छौँ। के हुन्छ भन्ने बारे चाहिँ पुस २६ गते नै थाहा होला।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह