पुस २५, काठमाडौं | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सरकारमा जाँदा पनि आफूहरुले गणतन्त्रको कुरा नगर्ने बताएका छन् ।
संसद्को बैठकमा सहभागी हुन पुगेका उनीसँग पत्रकारले राखेको जिज्ञासामा यस्तो बताएका हुन् ।
उनले आफूहरुको बहुमत आएपछि राजतन्त्रको विषय पनि उठाउने बताउँदै भने, “सरकारमा जान्छौं तर गणतन्त्रका कुरा गर्दैनौँ । विकासका कुरा गर्छौँ ।”