११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको सम्बोधन– सरकार ढाल्ने खेलतिर नलागौं, लेट्स वर्क टुगेदर

२५ पुष २०७९, सोमबार ०८:३३

पुस २५, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने खेलतिर लागेर समय वर्वाद मात्र हुने टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकार ढाल्ने खेलतिर नलाग्न भनेका हुन्। 


देशको आर्थिक अवस्था गम्भीर रहेको भन्दै सम्बोधन सुरु गरेका ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्बोधनमा जवाफ नदिने भन्दै सरकार ढाल्ने खेलमा नलाग्न चेतावनी दिए। 

‘सांसद र नेताहरुको सम्पूर्ण समय गोटी चालाचालमा वित्यो भने कहिले काम गर्ने? अव सांसदहरुले एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै सबैलाई देशका लागि सबैले काम गर्न म सबैलाई आग्रह गर्दछु,’ उनले भने, ‘आफूले सवै दलहरुलाई आग्रह गर्दछु। लेट्स वर्क टुगेदर। बन्न पाएको छैन विगार्ने खेलतिर लाग्यौ भने समयको बर्वादी हुन्छ।’

उनले हाम्रो समय रचानात्मक ढङ्गले हाम्रो समय उपयोग गनुपर्ने भन्दै देशका लागि उपयोग गर्न आग्रह गरे। 

केही राजनीतिक कुरा प्रमुख प्रतिपक्ष दलका नेताले उठाएको भन्दै उनले आफू अहिले शुभकामना दिन आएकाले अन्य दिनमा छलफल गर्ने बताए। 

ओलीले शान्ति प्रक्रियाको समाधान, राजबन्दीहरुको रिहाइ लगायत अन्य धेरै कुरा गर्नुपर्ने अवस्था रहेका बताए। उनले अब गम्भीर शिक्षा लिनुपर्ने भन्दै लोकतान्त्रिक मूल्य मान्यतामा चल्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह