११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा उभिँदा नयाँ अनुभूति भयो : राउत

२५ पुष २०७९, सोमबार ०९:२७

पुस २५, काठमाडौं | जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सम्भव भएको बताए । 

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राउतले भने, 'कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अभुनूति दिएको छ । यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु ।'


प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दलहरूमा उत्साह र आवेग रहेको भन्दै दिएको अभिव्यक्तिमा राउतले भने, 'प्रधानमन्त्रीले नयाँ दलहरुमा आवेग पनि छ भन्नुभयो । हामीमा आवेग मात्रै नभएर अग्रजहरुप्रति सम्मान पनि रहेको छ । नयाँ दलहरूमा रहेको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा रहेको हो । त्यसलाई सकरात्मक परिवर्तनको लागि प्रयोग गरिनेछ ।'

राउतले मुलुकको अखण्डताप्रति आफू प्रतिबद्ध रहेको बताए । त्यस्तै संघीयतालाई थप बलियो बनाउनुपर्ने उनको धारणा थियो । विगतमा दरबारमा टिकट काटेर पनि हेर्न नपाउने मुलुकको सर्वोच्च निकायमा जनताको सन्तान पुगेको भन्दै जनमत पार्टी गणतान्त्रिक व्यवस्थाप्रति कटिबद्ध रहेको बताए । उनले लोकतान्त्रिक व्यवस्थाको निम्ति जनमत पार्टी सदैव लाग्ने धारणा राखे । यस क्रममा उनले नयाँ पार्टीहरू लोकतान्त्रिक व्यवस्थाकै कारणले संसद्मा पुगेको बताए ।

सरकारले बहुदलीय लोकतन्त्रलाई संरक्षण गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीका आकांक्षा पूरा गर्न लाग्नुपर्ने राउतको भनाइ थियो ।

राउतले आफ्नो निर्वाचन क्षेत्रबाट विगतमा संसद्मा प्रतिनिधित्व गर्ने स्वर्गीय गजेन्द्रनारायण सिंहलाई स्मरण गरेका थिए । मंसिर ४ को निर्वाचनमा आफूसँग पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति पनि सम्मान रहेको भन्दै उनले स्मरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह