२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा न्याय माग्दै रञ्जिता : ‘टिकापुर घटना बन्द कोठामा भएको होइन, देख्ने हजारौं आँखा छन्’

२०७९, २५ पुष सोमबार ०९:४७

पुस २५, काठमाडौं | नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू न्याग माग्न कानुन निर्माण गर्ने थलोमा आइपुगेको बताएकी छिन्।

आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सल्लाहकार रेशम चौधरी लगायत अन्य बन्दीको रिहाइको माग गरिन्। 'म न्याय माग्दै कानुन निर्माण गर्ने थलोमा आइपुगेको छु,' उनले भनिन्।

टिकापुर घटनामा सबैभन्दा बढी क्षति थारुहरुले भोगेको भन्दै उनले प्रहरी परिवारले पनि न्याय पाउनुपर्ने बताइन्। रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भनिन्,  'सरकार लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गर्दैन? टिकापुर घटनामा सबैभन्दा ठूलो क्षति थारुहरुको भयो। उनीहरुमाथि नै झुटा मुद्दा लगाइयो।'

हाल जेलमा रहेका रेशम चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नै रेशम चौधरीलाई 'निर्दोष' भएको भनिसकेको रञ्जिताले बताइन्।

'रेशम चौधरीलाई कसले निर्दोष भनेको छैन? निर्दोषलाई कहिलेसम्म जेलमा राख्ने?' उनले प्रश्न गरिन्। आफू जनताको प्रतिनिधित्व गर्दै संघीय संसद भवनमा पुगेको भन्दै उनले न्याय माग्न आएको बताइन्।

'टिकापुर घटना बन्द कोठामा भएको होइन। देख्ने हजारौं आँखा छन्। कानुन थारुहरुलाई मात्र लाग्दो रहेछ। ५ वर्षदेखि रेशम चौधरीसहित अन्य थारुहरु जेलमा छन्। संसदबाट न्याय माग्छु,' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी