११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा न्याय माग्दै रञ्जिता : ‘टिकापुर घटना बन्द कोठामा भएको होइन, देख्ने हजारौं आँखा छन्’

२५ पुष २०७९, सोमबार ०९:४७

पुस २५, काठमाडौं | नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू न्याग माग्न कानुन निर्माण गर्ने थलोमा आइपुगेको बताएकी छिन्।

आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सल्लाहकार रेशम चौधरी लगायत अन्य बन्दीको रिहाइको माग गरिन्। 'म न्याय माग्दै कानुन निर्माण गर्ने थलोमा आइपुगेको छु,' उनले भनिन्।

टिकापुर घटनामा सबैभन्दा बढी क्षति थारुहरुले भोगेको भन्दै उनले प्रहरी परिवारले पनि न्याय पाउनुपर्ने बताइन्। रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भनिन्,  'सरकार लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गर्दैन? टिकापुर घटनामा सबैभन्दा ठूलो क्षति थारुहरुको भयो। उनीहरुमाथि नै झुटा मुद्दा लगाइयो।'

हाल जेलमा रहेका रेशम चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नै रेशम चौधरीलाई 'निर्दोष' भएको भनिसकेको रञ्जिताले बताइन्।

'रेशम चौधरीलाई कसले निर्दोष भनेको छैन? निर्दोषलाई कहिलेसम्म जेलमा राख्ने?' उनले प्रश्न गरिन्। आफू जनताको प्रतिनिधित्व गर्दै संघीय संसद भवनमा पुगेको भन्दै उनले न्याय माग्न आएको बताइन्।

'टिकापुर घटना बन्द कोठामा भएको होइन। देख्ने हजारौं आँखा छन्। कानुन थारुहरुलाई मात्र लाग्दो रहेछ। ५ वर्षदेखि रेशम चौधरीसहित अन्य थारुहरु जेलमा छन्। संसदबाट न्याय माग्छु,' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह