११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गण्डकीको मुख्यमन्त्रीमा खगराज, दीपक मनाङेको पनि समर्थन

२५ पुष २०७९, सोमबार ११:०४

पुस २५, गण्डकी | मनाङको ‘ख’बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्विरोध सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) सहित ३३ सांसदको समर्थनमा एमाले नेता खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

दीपक मनाङे गएको मंसिर १९ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। एकीकृत समाजवादी संघीय संसदको पहिलो बैठकमा विपक्षी बेञ्चमा बस्दा यता मनाङले भने एमालेलाई साथ दिने निर्णय गरेका हुन्।


यो निर्णयसँगै बहालवाला युवा तथा खेलकुदमन्त्री रहेका मनाङेको पुनः मन्त्री बन्ने बाटो खुलेको छ। यद्यपि, मुख्यमन्त्रीमा दाबी गरेका खगराजले को–को मन्त्री हुँदैछन् भन्ने चाहिँ प्रष्ट बताएनन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङसामु दाबी पेश गरेपछि पत्रकारसँग बोल्दै उनले भने,‘ अहिले साढे ४ बजे सपथ हुँदैछ, तपाईंले को–को मन्त्री हुँदैछन्, थाहा भइहाल्छ।’ 

उनले सम्मुनत प्रदेश बनाउन र मन्त्रालयको संख्या घटाउने दिशामा काम गर्ने पनि बताए। 

एमाले संसदीय दलको नेता रहेका खगराजलाई एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थन छ। मनाङेले सत्तापक्ष रोजेपछि अब २७ सांसद रहेको नेपाली कांग्रेस गण्डकी सरकारको विपक्षमा बस्ने भएको छ।

यसअघि माओवादीले पनि यहाँ मुख्यमन्त्री दाबी गरेको थियो। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पहिलो पालोमा आफैँ मुख्यमन्त्री हुनुपर्ने अडान राखेका थिए।

तर, केन्द्रीय निर्णय कार्यान्वयन गर्नू भन्ने निर्देशनपछि उनले दोस्रो बरियताको मन्त्रीमा चित्त बुझाउने देखिएको छ। उनले अर्थमन्त्रालय सम्हाल्ने स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह