११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभा विघटन बारे ओलीको धारणा नै प्रचण्डसँग विग्रहको कारण बन्न सक्छ : गगन थापा

२५ पुष २०७९, सोमबार ११:१४

पुस २५, काठमाडौं | पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक गरेको प्रतिनिधि सभा विघटनको बचाउ गरेपछि कांग्रेस महामन्त्री गगन थापाले त्यो विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको विग्रहको कारण बन्न सक्ने बताएका छन्।


प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नभएको दाबी गरेका थिए। उनी प्रधानमन्त्री हुँदा २०७७ पुस र २०७८ जेठमा प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसविरुद्ध प्रचण्ड लगायतका नेताहरुले संघर्ष गरेका थिए। उनीहरुले ओली कदमलाई प्रतिगमन भनेका थिए।

'यो विषयका बारेमा एक पटक पनि छलफल नगरीकन, सामान्य समीक्षा पनि नगरीकन दुइटा पार्टी एक ठाउँमा जोडिनुभएको छ। आजको पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने, यो विषय, जुन विषय अघिल्लो प्रतिनिधि सभामा उहाँहरुको बीचको विग्रहको कारक बन्यो। यो विषयको बिजारोपण फेरि भयो। यो नै उहाँहरुबीचको विग्रहको कारक बन्छ', थापाले सोमबार बैठकबाट बाहिरिने क्रममा भने।

आजको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रचण्ड र ओलीले एकअर्कालाई समर्थन गरिरहेको भए पनि ओलीले प्रतिनिधि सभा विघटनको कुरा गरेर प्रधानमन्त्री प्रचण्डलाई अप्ठ्यारोमा पारेको थापाको भनाइ छ। प्रचण्ड अलमल परेको देख्दा उनीप्रति सहानुभूति जागेको थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह