पक्राउ पर्नेमा पोख"/>
पक्राउ पर्नेमा पोख"/>
पुस २६, काठमाडौँ | आफ्नै वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिकाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगर वडा नं. २५ का वडाध्यक्ष भरतबहादुर अधिकारी छन् । गएको आइतबार जातीय विभेदजन्य गालीगलौज गरेको उजुरी परेपछि मंगलबार बिहान अधिकारीले आफैं प्रहरी कार्यालयमा उपस्थित भएर गिरफ्तारी दिएको जिल्ला प्रहरी कार्यालय कास्की निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
पोखरा २४ कि दलित वडासदस्य मैया नेपालीले आफूलाई विभेदजन्य गालीगलौज गरेको भन्दै आइतबार उनीविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरी निरीक्षक खड्काले अधिकारीमाथि अनुसन्धान अगाडि बढाइएको र जिल्ला अदालतबाट म्याद थपका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।