११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब सांसदको जिब्रो चिप्लिएर ‘म भ्रष्टाचारसँग जोडिएको छु’ भने …

२६ पुष २०७९, मंगलवार १०:५८

पुस २६, काठमाडौँ | प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत बारेको छलफलमा एक सांसद आफ्नो जिब्रो चिप्लिँदा समस्यामा परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत माग्दै राखेको प्रस्तावका सम्बन्धमा धारणा राख्ने क्रममा स्वतन्त्र सांसद योगेन्द्र मण्डलले चिप्लिएर आफू भ्रष्टाचारसँग जोडिएको बताएका हुन् ।​


'मन्त्रीज्यूहरूले चाहनुभयो भने मलाई भ्रष्टाचारबारे धेरै कुरा थाहा छ, किनकी म त्यो सँग जोडिएको छु,' मण्डलले भने ।

त्यसपछि आफूले गलत बोलें भन्ने महसूस गरेका उनले अक्मकाउँदै थपे, 'भ्रष्टाचारसँग जोडिएको भनेको …(हाँस्दै) म काम गर्दाखेरी त्यो भोगेको छु ।'

उनले यसो भनिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तथा मन्त्रीहरू पनि हाँसेका थिए ।

त्यसलाई प्रस्ट्याउन उदाहरण दिँदै उनले थपे, 'मैले एउटा ट्रेडिङ कम्पनी (सञ्चालन) गरेको थिएँ । बाहिरबाट सामान ल्याउँथें । अनि त्यो भन्सारबाट पास गराउने बेलामा … त्यो थाहा छ भन्या हो क्या ।'

एमाले पृष्ठभूमिका मण्डल मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र निर्वाचित सांसद हुन् । उक्त क्षेत्रमा एमालेले जसपालाई सघाएपछि मण्डल बागी उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह