२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगो ताप्ने क्रममा वृद्धाको जलेर मृत्यु

२६ पुष २०७९, मंगलवार ११:२३

पुस २६, काठमाडौँ | आगो ताप्ने क्रममा जलेर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।  

झापाको कचनकवल गाउँपालिका १ कुटी निवासी ७० वर्षीया हेमप्रभा माझीको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हिजो (सोमबार) बिहान साढे १० बजेतिर घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा अचानक माझीले लगाएका लुगामा आगो सल्किएको थियो। आगोले जलेर गम्भीर घाइते भएकी उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। 

झापामा केहीदिन यता चिसो बढेको छ।  झापाका दक्षिणी गौरीगञ्ज, झापा, कचन कवाल, बाह्रदशी लगायतका पालिकाका चोक बजारमा आगो ताप्ने क्रम बढेको प्रहरीले बताएको छ।

स्थानीय प्रशासन र पालिकाले दाउरा उपलब्ध गराएपछि चोक बजारमा सामूहिक रूपमा आगो ताप्ने क्रम बढेको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षको मनोज खुलाल कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण