२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिजो संसद विघटन गर्नु सही हो/होइन अहिले बहसको विषय नभएको प्रधानमन्त्री दाहालको भनाइ

२६ पुष २०७९, मंगलवार ११:३६

पुस २६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको समर्थन पाएपछि आफूलाई अपार चुनौती र जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिपक्ष दलको पनि समर्थनले आफूले असाधारण मत पाएको बताए । सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको प्रधानमन्त्रीको भनाइ थियो ।


उनले भने, ‘मैले समग्रमा जे अपिल गरे । त्यसको निकै नै सकारात्मक जवाफ प्राप्त भएको छ । म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’

अहिले सत्ता साझेदार दलहरू निश्चित नीति र कार्यक्रम नै एकताको आधार भएको बताए । अहिलेको जनमतको आधारमा अहिलेको सरकार बनेको उल्लेख गरे ।

संविधान राज्यको मूल कानून भएकाले कार्यान्वयन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए । उनले हिजो संसद विघटन गर्नु ठीक हो कि होइन अहिले बहसको विषय नभएको उल्लेख गरे ।

उनले संविधानभन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षले पनि समर्थन गरेपछि विभिन्न कुरा उठेपनि आफूले सकारात्मक रूपमा लिएको बतएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प