११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मुख्यमन्त्री अधिकारी

२६ पुष २०७९, मंगलवार ११:४३

पुस २६, काठमाडौँ | गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने बताउनुभएको छ । 

पोखरा महानगरपालिकाको १२ औँ नगरसभाको बुधबार उद्घाटन गर्दै उहाँले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका विषयमा प्रधानमन्त्रीलाई भेटेरै कुरा राख्ने उल्लेख गर्नुभयो । 


“अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौँ, कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “जसरी उल्लासका साथ विमानस्थलको उद्घाटन ग¥र्यौँ, त्यसरी नै नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।”

सामाजिक उत्थानका रुपान्तरणकारी परियोजना सञ्चालन गरेर गण्डकी प्रदेशलाई समुन्नत बनाउनुपर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री अधिकारीले भौतिक पूर्वाधार मात्र नभएर सामाजिक विकासलाई आफूले प्राथमिकता राख्ने बताउनुभयो । 

उहाँले पोखरालाई विश्वकै आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न महानगरसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको धारणा राख्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह