११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं नछाड्न काँग्रेस सांसदहरुलाई ह्विप

२७ पुष २०७९, बुधबार ०५:१६

पुस २७, काठमाडौँ | नेपाली कांग्रेसले आगामी माघ ९ गतेसम्म प्रतिनिधिसभा सदस्यहरूलाई काठमाडौं नछाड्न ह्विप लगाएको छ। बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदहरूसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिना जानकारी काठमाडौं नछाड्न कांग्रेसले सांसदहरूलाई ह्विप लगाएको हो। 


यदी काठमाडौं उपत्यका बाहिर जानै परे संसदीय दललाई जानकारी दिनुपर्ने छ । नेपाली काँग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । जबकी एमालेसहितको ७ दलले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका थिए ।

काँग्रेसको मतसहित प्रचण्डले संसदमा ९९.२५ प्रतिशत मत पाएका हुन् । अब सभामुखको निर्वाचन हुने छ । जसका लागि माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

त्यस्तै माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। सोही दिन सभामुखको निर्वाचन हुने छ। उपसभामुखको निर्वाचन भने माघ ९ सम्ममा गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह