१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सड्ने अवस्थामा चालिस हजार किलोग्राम बढी रक्तचन्दन

२७ पुष २०७९, बुधबार ०६:५१

पुस २७, काठमाडौँ | स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेकोे छ । लुकाई छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा दसकौँदेखि प्रहरीले बरामद गरेको रक्तचन्दन लिलामी वा फिर्ती हुन नसकेकाले अलपत्र भएको हो ।

पटक–पटक गरी बरामद गरिएको यो परिमाणको रक्तचन्दन स्पष्ट कानुन नहुँदा के गर्ने भन्ने अन्योलका कारण सडेर खेर जाने अवस्थामा पुगेको छ । बरामद गरिएको रक्तचन्दन साबिक जिल्ला वन कार्यालयले संरक्षण गर्नुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा राखिएको छ । वन परिसरमा स्थान अभाव तथा हेरालु नहुँदा संरक्षण र सुरक्षाका लागि प्रहरीलाई जिम्मा दिइएको सहायक जिल्ला वन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।


तस्करहरुले अवैधरुपमा लुकाईछिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले यो परिमाणको रक्तचन्दन बरामद गरेको थियोे ।  रक्तचन्दनबारे  अझैसम्म पनि सम्बद्ध निकायले ठोस निर्णय नगरेकाले यस्तो अवस्थामा पुगेको हो । “यसबारे विभाग वा मन्त्रालयले निर्णय गर्नुपर्छ । हामीलाई अधिकार छैन”, उहाँले भन्नुभयो, “ बरामद गरिएका रक्तचन्दन संरक्षण गरिराख्नु भन्ने माथिबाट निर्देशन भएकाले हामीले संरक्षण मात्र गरिरहेका हौँ ।”

रक्तचन्दन वनको स्वामित्वमा भए पनि ठाउँ अभावका कारण प्रशासन प्राङ्गणमा राखिएको छ । साबिक वन विभागले अहिले बरामद रक्तचन्दनको अवस्थाबारे लेखेर पठाउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएकामा  पत्र आएपछि यहाँ भएका रक्तचन्दनको अवस्थाबारे जानकारी गराइएको सहायक वन अधिकृत थापाले बताउनुभयो । 

यसअघि उक्त कार्यालयले व्यवस्थापनका लागि वन विभागलाई पत्राचार गरे पनि विभाग मौन थियो । अर्बाैं मूल्य बराबरको रक्तचन्दन वन कार्यालयले प्रहरीलाई आधिकारिक पत्रसहित सुरक्षाका लागि जिम्मा दिएको हो । वन कार्यालयमा सशस्त्र वनरक्षक नभएको र सुरक्षामा कमजोरी रहेकाले रक्षाका लागि प्रहरीलाई जिम्मा दिइएको उहाँको भनाइ थियो । साइटिस सन्धिले ओसारपसारमा रोक लगाएको रक्तचन्दन गैरकानुनी रुपमा आएकाले प्रहरीले बरामद गर्दै आएको छ । 

साइटिस–२ को सूचीमा रहेको रक्तचन्दन आयात गर्ने र निर्यात गर्ने मुलुकबीच सम्झौता भयो भने ओसारपसार गर्न पाइँछ  तर तेस्रो राष्ट्रको बाटो भई जाने भएमा ती राष्ट्रबीचसम्झौता हुनुपर्छ । यहाँ बरामद गरिएका रक्तचन्दन भारतबाट लुकाईछिपाई चीन लैजाने गरिएका छन् । ओसारपसारमा कुनै सम्झौता नभएकाले रक्तचन्दन नेपालमा बरामद गर्ने गरिएको हो । साइटिस–१ को सूचीमा रहेको कुनै पनि वनस्पति तथा वन्यजन्तुका अङ्गहरु भने कुनै पनि मुलुकले बिक्रीवितरण तथा कतै ओसारपसार गर्न नपाउने साइटिसको प्रावधान छ ।

प्रशासनको परिसरमा रहेको रक्तचन्दनको जिम्मेवारी तथा सुरक्षा प्रहरीले गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं  प्रहरी नायब उपरीक्षक शिवकुमार बुढाथोकीले जानकारी दिनुभयो प्रशासन कार्यालयको प्राङ्गणमा ६२ सालदेखि बरामद गरिएका रक्तचन्दन छन् । त्यसबेला बाह्रबिसे प्रहरीले बरामद गरेको सात हजार आठ सय किलो, ०६४ सालमा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ हजार छ सय किलो, ०६४ सालमै मा विशेष अनुगमन टोलीले बरामद गरेको आठ हजार दुई सय किलोलगायत रक्तचन्दन छन् । प्रहरीका अनुसार अरनिको राजमार्गमा रहेका विभिन्न प्रहरी चौकीले गरेको नियमित जाँचका क्रममा बढी रक्तचन्दन बरामद गरिएको थियो। बेबारिसे अवस्थामा रहेर बरामद गरिएका केही रक्तचन्दन पनि प्रशासन कार्यालयको प्राङ्गणमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै