११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा उम्मेदवारी दिन्छ कि दिँदैन?

२८ पुष २०७९, बिहीबार ०५:५०

पुस २८, काठमाडौँ | नेपाली कांग्रेसले सभामुख पदको निर्वाचनमा पार्टीबाट तर्फबाट उम्मेदवारी दिने कि नदिने भन्नेबारे आन्तरिक छलफल सुरू गरेको छ। यही माघ ५ गते सभामुख चयनका लागि निर्वाचन हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत पुस २६ मा विश्वासको मत दिएको कांग्रेसले अब हुने सभामुख पदमा उम्मेदवारी दिन्छ कि दिँदैन चासोसाथ हेरिएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन र संसदीय दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर पार्टी प्रतिपक्षी भूमिकामै बस्ने निर्णय गरेको थियो। सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे सुझाव लिइरहेका छन्। बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा यसबारे सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गर्दैछन्।


सभामुख पदमा उम्मेदवारी दिँदा कसलाई अघि सार्ने भन्ने पनि छलफल भइरहेको छ। प्रवक्ता प्रकाशशरण महतले सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे आन्तरिक छलफल भइरहेको र निर्णय हुन केही समय लाग्ने बताए। ‘सभापतिज्यूले पदाधिकारीलगायत शीर्ष नेताहरूसँग यसबारे कुराकानी गरिरहनुभएकै छ। आज पनि बैठक छ,’ उनले भने, ‘परिस्थिति कस्तो हुन्छ, सबै ध्यान दिने गरी हामीले उचित निर्णय गर्छौं।’ प्रधानमन्त्रीलाई विश्वासको मत दिए कांग्रेसले सत्ता साझेदार दलसँग कुनै पदमा बार्गेनिङ नगरेको दाबी गर्दै आएको छ। प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेससँग कुनै सम्झौताबिना नै विश्वासको मत प्राप्त भएको प्रतिक्रिया दिएका थिए।

प्रवक्ता महतले प्रदेशहरूमा पनि सभामुखलगायत पदमा उम्मेदवारी दिने तयारी रहेको बताए। कांग्रेस सातै प्रदेशमा प्रतिपक्षी भूमिकामा छ। केन्द्रमा सरकारलाई समर्थन गरे पनि कुनै पनि प्रदेश सरकारलाई कांग्रेसले समर्थन गरेको छैन। बागमती प्रदेशलगायतमा सभामुख पदमा उम्मेदवारी दिने तयारीमा कांग्रेस जुटेको छ। सत्ता साझेदार दलभित्र सभामुख नेकपा एमालेले लिने सहमति भएका विषय बाहिरिएका थिए। कांग्रेसले पार्टीभित्र छलफल गर्ने र प्रधानमन्त्री लगायतसँग पनि यसबारे छलफल गरेर अघि बढ्ने रणनीति लिएको छ। 

राष्ट्रपतिमा सत्ता साझेदार दलहरूबाट सहयोग पाउने हो भने सभामुख छाडेर जानुपर्ने तर्क पनि कांग्रेसका केही नेताहरूले राख्ने गरेका छन्। तर प्रवक्ता महतले कुन पद लिने भनेर आफूहरूले कसैसँग केही कुरा नगरेको दाबी गरेका छन्। ‘सभामुखलगायत पदमा उम्मेदवारीबारे पार्टीभित्र छलफल गरेर संस्थागत निर्णय गर्दै अघि बढ्छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह