पुस २८, काठमाडौँ | वागमती प्रदेशको सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक र नेपाली कांग्रेसबाट शिवराज अधिकारीको चुनावी भिडन्त हुने भएको छ ।

पुस २९ गते हुने निर्वाचनको लागि सत्ता गठवन्धनको तर्फबाट प्रदेशसभा सदस्य एवं राप्रपाका केन्द्रीय महामन्त्री भुवन पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौँ | वागमती प्रदेशको सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक र नेपाली कांग्रेसबाट शिवराज अधिकारीको चुनावी भिडन्त हुने भएको छ ।

पुस २९ गते हुने निर्वाचनको लागि सत्ता गठवन्धनको तर्फबाट प्रदेशसभा सदस्य एवं राप्रपाका केन्द्रीय महामन्त्री भुवन पा"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वागमतीको सभामुखमा राप्रपाका पाठक र कांग्रेसका अधिकारी भिड्ने

२०७९, २८ पुष बिहीबार ०६:०८

पुस २८, काठमाडौँ | वागमती प्रदेशको सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक र नेपाली कांग्रेसबाट शिवराज अधिकारीको चुनावी भिडन्त हुने भएको छ ।

पुस २९ गते हुने निर्वाचनको लागि सत्ता गठवन्धनको तर्फबाट प्रदेशसभा सदस्य एवं राप्रपाका केन्द्रीय महामन्त्री भुवन पाठकले उम्मेदवारी दिने भएका छन् भने नेपाली कांग्रेसको तर्फबाट धादिङका शिवराज अधिकारी उम्मेदवार बन्ने भएका छन् । दिउँसो ११ बजेबाट मनोनयन प्रक्रिया सुरू हुँदैछ ।


सातदलीय गठबन्धनको शीर्ष तहमा वागमतीको सभामुख राप्रपालाई छाडिएको छ । राप्रपाले महामन्त्री पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको वागमती प्रदेश संसदीय दलका नेता तथा मन्त्री उद्धव थापाले बताए ।

नेपाली कांग्रेसले पनि आज बिहानमात्र समानुपातिक सांसद अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बताए । कांग्रेसले हिजोसम्म सभामुखमा सत्तारुढ दलले आफूहरूलाई समर्थन गरेको अवस्थामा माघ ३ गते विश्वासको मत दिने बताएको थियो ।

पाठकलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीको २ गरी ७० जना सांसदहरुको साथ रहेको छ भने अधिकारीलाई ३७ जना सभासदको साथ छ ।

नेपाल मजदुर किसान पार्टीले कसलाई सहयोग गर्ने या आफ्नो उम्मेदवार बनाउने भन्नेबारे अहिलेसम्म निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी