पुस २८, काठमाडौँ | वागमती प्रदेशको सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक र नेपाली कांग्रेसबाट शिवराज अधिकारीको चुनावी भिडन्त हुने भएको छ ।

पुस २९ गते हुने निर्वाचनको लागि सत्ता गठवन्धनको तर्फबाट प्रदेशसभा सदस्य एवं राप्रपाका केन्द्रीय महामन्त्री भुवन पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौँ | वागमती प्रदेशको सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक र नेपाली कांग्रेसबाट शिवराज अधिकारीको चुनावी भिडन्त हुने भएको छ ।

पुस २९ गते हुने निर्वाचनको लागि सत्ता गठवन्धनको तर्फबाट प्रदेशसभा सदस्य एवं राप्रपाका केन्द्रीय महामन्त्री भुवन पा"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वागमतीको सभामुखमा राप्रपाका पाठक र कांग्रेसका अधिकारी भिड्ने

२८ पुष २०७९, बिहीबार ०६:०८

पुस २८, काठमाडौँ | वागमती प्रदेशको सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक र नेपाली कांग्रेसबाट शिवराज अधिकारीको चुनावी भिडन्त हुने भएको छ ।

पुस २९ गते हुने निर्वाचनको लागि सत्ता गठवन्धनको तर्फबाट प्रदेशसभा सदस्य एवं राप्रपाका केन्द्रीय महामन्त्री भुवन पाठकले उम्मेदवारी दिने भएका छन् भने नेपाली कांग्रेसको तर्फबाट धादिङका शिवराज अधिकारी उम्मेदवार बन्ने भएका छन् । दिउँसो ११ बजेबाट मनोनयन प्रक्रिया सुरू हुँदैछ ।


सातदलीय गठबन्धनको शीर्ष तहमा वागमतीको सभामुख राप्रपालाई छाडिएको छ । राप्रपाले महामन्त्री पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको वागमती प्रदेश संसदीय दलका नेता तथा मन्त्री उद्धव थापाले बताए ।

नेपाली कांग्रेसले पनि आज बिहानमात्र समानुपातिक सांसद अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बताए । कांग्रेसले हिजोसम्म सभामुखमा सत्तारुढ दलले आफूहरूलाई समर्थन गरेको अवस्थामा माघ ३ गते विश्वासको मत दिने बताएको थियो ।

पाठकलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकिकृत समाजवादीको ७ तथा हाम्रो नेपाली पार्टीको २ गरी ७० जना सांसदहरुको साथ रहेको छ भने अधिकारीलाई ३७ जना सभासदको साथ छ ।

नेपाल मजदुर किसान पार्टीले कसलाई सहयोग गर्ने या आफ्नो उम्मेदवार बनाउने भन्नेबारे अहिलेसम्म निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह