१६ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता हुने

२८ पुष २०७९, बिहीबार १०:१३

पुस २८, काठमाडौँ | आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादी पार्टीबीच एकता हुन भएको हो ।


दुई पार्टीबीच एकता हुने र नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । यादवका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसंग एकताको अभियानमा आजपा लागेको हो । भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै पार्टी गठन गरेका हुन् । आम जनता पार्टी गठन भएलगत्तै पार्टी प्रवेशको लहर चलेको छ ।

आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवान लगायत सयौ नेता आम जनता पार्टीमा प्रवेश गरेका थिए । पूर्व शहरी विकास राज्यमन्त्री एवम् काठमाडौ क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसकेका रामवीर मानन्धर पनि आजपामै आवद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति? सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु अमेरिकी सहयोग रोक्ने ट्रम्प प्रशासनले जारी गरेको आदेश अदालतले रोक्यो भारतको कुम्भमेलामा भागदौड मच्चिदा, कैयौँ मानिसको मृत्यु भएको आशंका विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ बुधबारको विनिमयदर मौसम :तराईमा हुस्सु, कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना चन्द्रागिरी–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताले यी १२ शर्त पूरा नगरे १ करोडसम्म जरिवाना क्यानडा पठाइदिन्छु भन्दै अनलाइनमार्फत ६६ लाख ठगी, भारतीयसहित ५ जना पक्राउ आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता, शुक्रबार थुनछेक ‘एक्टर टेक वान’ को रिलिज २२ गतेसम्म रोक्न अदालतको अल्पकालीन आदेश आफूमाथिको आरोप पुष्टि गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती धरौटी बदर गर्न माग गर्दै रविले दिएको निवेदनमा कैफियत प्रतिवेदन माग्‍ने आदेश भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु साँगाको झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी अछाममा फुपू-भदैनी मृत्यु प्रकरण: घटनास्थलमा किशोरीहरूले प्रयोग गर्ने मोबाइल फेला, ७ जनाविरुद्ध जाहेरी राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय