१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीको महासचिव बन्दै घनश्याम !

२९ पुष २०७९, शुक्रबार ०७:०६

पुस २९, काठमाडौँ । वामपन्थी नेता घनश्याम भुसाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गर्दै छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच भुसाल एकीकृत समाजवादीमा प्रवेशको घोषणा गर्दै छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य समेत परित्याग गरेका भुसाल गत आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तत्कालिन पाँच दलीय गठबन्धनको समर्थन रहे पनि उनी रुपन्देही १ बाट एमाले सचिव छविलाल विश्वकर्मासंग पराजित भएका थिए । एमालेले निर्वाचनमा टिकट नदिएपछि पार्टी परित्याग गरेका भुसाल एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति आपति जनाउँदै फरक मत राख्दै आएका नेता हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले विभाजन गरी अर्को पार्टी गठन गर्दा नेपाल समूहमै रहेका भुसालले एमाले नै रोजेका थिए ।


एकीकृत समाजवादी प्रवेश गरेपछि भुसाललाई महासचिवको जिम्मेवारी दिने तयारी पार्टीले गरेको छ । तर एकीकृत समाजवादीको महासचिव बन्ने चर्चा चले पनि भुसाललाई कुन जिम्मेवारी दिने भन्ने विषयमा पार्टीमा छलफल नभएको दावी पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले गरेका छन् । एकीकृत समाजवादी स्रोतका अनुसार भुसाललाई महासचिव बनाउँने निश्चित रहेको तर कुनै कारणले हुन नसके उपाध्यक्ष दिने बिषयमा समेत छलफल जारी नै छ ।

‘घनश्याम कमरेड पार्टीमा आउने पक्का भइसक्यो । सैद्धान्तिक वैचारिक विषयमा सहमति भएको छ । तर, उहाँको जिम्मेवारीको विषयमा छलफल भएको छैन । उहाँ पार्टी प्रवेश गरिसकेपछि यस विषयमा अवश्यनै छलफल हुनेछ’ प्रवक्ता खतिवडाले भने ।

पार्टी प्रवेश गरेपछि भुसाल पहिलो चरणमा सचिवालय सदस्य बन्नेछन् । त्यसपछि बस्ने केन्द्रीय समितिले मात्र घनश्यामको ठोस जिम्मेवारी तोक्न सक्ने प्रवक्ता खतिवडाको भनाइ छ ।

‘अहिलेको सन्दर्भमा सर्वोच्च निकाय भनेको केन्द्रीय कमिटी हो । छिट्टै बस्ने केन्द्रीय कमिटीले घनश्याम कमरेडको ठोस जिम्मेवारी’विषयमा निर्णय गर्नसक्छ । अहिलेको भएको कुरा भनेको उहाँ पार्टी प्रवेश गर्ने मात्र हो । कुन जिम्मेवारी दिने वा लिने भन्दा पनि उहाँसँग सैद्धान्तिक वैचारिक विषयमा सहमति जुटेको हो’ खतिवडाले भने ।

घनश्यामलाई पार्टीमा भित्रयाउँदै गरेको एकीकृत समाजवादीले संसदको चौथौ ठुलो दल बन्नका लागि जसपासंग पार्टी एकीकरणको ’विषयमा आन्तरिक छलफल बढाएको छ

अहिलेकै अवस्थामा घनश्यामलाई महासचिव बनाउन वर्तमान महासचिव वेदुराम भुसाललाई अपग्रेड गर्नु एकमात्र विकल्प छ । केन्द्रीय कमिटीले विधान संशोधन गरेर वेदुरामलाई उपाध्यक्ष वा वरिष्ठ उपाध्यक्ष बनाउने र घनश्याम महासचिव बन्ने सम्भावना रहन्छ । प्रस्तुत विकल्पमा एकीकृत समाजवादीभित्र अनौपचारिक रुपमा छलफल हुने गरेको छ ।

पार्टीले उपाध्यक्ष वा वरिष्ठ उपाध्यक्ष बनाउने निर्णय गर्दा वेदुराम तयार भएको अवस्थामा घनश्याम महासचिव बन्ने सम्भावना रहन्छ । नत्र, धनश्याम उपाध्यक्षकै जिम्मेवारीमा रहनुपर्ने सम्भावना रहेको स्रोतको दावी छ ।

एकीकृत समाजवादीमा घनश्याम आए महासचिव बनाउनुपर्छ भन्ने मत ठूलै छ । वर्तमान महासचिव बेदुरामप्रति एकीकृत समाजवादीमा नकारात्मक धारणा नरहे पनि घनश्यामलाई महासचिव बनाउन पाए पार्टीले थप गति लिने अधिकांशको बुझाई रहेको छ ।

तर, भर्खरै पार्टी प्रवेश गरेका घनश्यामलाई महासचिव बनाइहाल्न नहुने मत पनि उत्तिकै बलियो छ । विद्रोहको समयमा साथ छोडेका घनश्यामलाई महासचिव स्वीकार्न नसकिने पनि कतिपयको धारणा अझै पार्टीभित्र रहेको छ ।

धनश्याम कम्युनिष्ट पार्टीले संगठनात्मक संरचना परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका छन् । एमालेमा हुँदा पनि उनले यस विषयमा लामो समयदेखि बहस चलाउँदै आएका थिए ।

पार्टी प्रवेशका लागि एकीकृत समाजवादीको वार्ता टोलीसँग छलफल गरेपछि घनश्यामले वार्ता समितिलाई लेखेको पत्रमा पनि उनले यस विषय उठाएका छन् ।

वर्तमान संगठनात्मक संरचनाले आम नागरिकलाई पार्टीमा सहज पहुँच नहुने भएकाले सबैले आफ्नो पार्टी मान्न सहज हुने किसिमको संगठनात्मक संरचना बनाउनेपर्ने उनको जोड छ ।

पार्टीमा महासचिव संगठन प्रमुख हुन्छन् । यस आधारमा घनश्याम एकीकृत समाजवादी प्रवेश गर्दै महासचिव बन्ने अवसर पाए उनले भन्दै आएको संगठनात्मक संरचना परिवर्तनका लागि काम गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त