१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड नेतृत्वको सरकारमा लोसपामा पनि सहभागी हुने

२९ पुष २०७९, शुक्रबार ०९:१५

पुस २९, काठमाडौं | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ । यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी समेत गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपाले सरकारमा सहभागी हुनका लागि दुई वटा मन्त्रालय माग गरेको छ । तर लोसपालाई एउटा मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी छ ।

लोसपाका एक नेताले भने, ‘प्रधानमन्त्री प्रचण्डले नै अध्यक्षज्यू (महन्थ ठाकुर)लाई फोन गरेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ, सरकारमा जाने विषयमा अध्यक्षज्यू सकारात्मक हुनुहुन्छ ।’ सरकारमा जानुअघि लोसपाले सरकारसँग केही विषयमा सम्झौता गर्न चाहेको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओली पनि तयार रहेको ती नेताको भनाइ छ ।


गठबन्धनमा मन्त्रालयको बारेमा टुङ्गो लागेपछि लोसपासँग सरकारले कुराकानी गर्ने बताइएको छ । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरु सरकारमा जान तयार रहेको तर त्यसका लागि सरकार पनि तयार हुनुपर्ने बताए । ‘सरकारलाई समर्थन गरिसकेपछि सत्ता पक्ष नै भयौं तर सरकारमै जाने गरी उताबाट पनि सकारात्मक प्रतिक्रिया आउनुपर्छ,’ उनले भने, ‘हामी सरकारमा त्यत्तिकै सहभागी हुँदैनौं, हाम्रा पनि माग र मुद्दा छन् । त्यसको बारेमा सरकारले के गर्छ, त्यो कुराको पनि टुङ्गो लगाउनुपर्छ ।’

सरकारलाई विश्वासको मत दिने बेला पनि केही विषयमा कुराकानी भएको थियो । लोसपाले उठाउँदै आएका केही विषय न्यूनतम साझा कार्यक्रममा समावेश गरे पनि केही विषय सम्बोधन हुन बाँकी छन् । ती विषयमा कुरा मिलेपछि सरकारमा जाने लोसपाको तयारी छ ।

लोसपा मधेस प्रदेश सरकारमा पनि सहभागी हुने बताइएको छ । केन्द्रमा सहभागी हुने भएपछि मधेस सरकारको बारेमा पनि छलफल गरेर टुङ्ग्याउने भण्डारीले बताए । ‘केन्द्रमा सहभागी भइसकेपछि प्रदेशमा सहभागी नहुने भन्ने कुरा हुँदैन, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशमा पनि लोसपा सरकारमा सहभागी हुनेछ,’ उनले भने, ‘तर ती सबै विषय गठबन्धनसँग प्याकेजमै टुुङ्गो लगाउने तयारी रहेको बुझिएको छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त