२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई गाली, माधव नेपालको तारिफ गर्दै एकीकृत समाजवादी प्रवेश गरे घनश्याम भुसाल

२०७९, २९ पुष शुक्रबार ०९:५३

पुस २९, काठमाडौं | नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले केपी शर्मा ओलीकै कारण देशले प्रगति गर्न नसकेको बताएका छन्।  पाँच बुँदे मागलाई एकीकृत समाजवादीले स्वीकार गरेसँगै भुसालले शुक्रबार पत्रकार सम्मेलन गरेरै एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै भुसालले एमालेमा ओलीवाद हाबी भएकै कारण देशले प्रगति गर्न नसकेको बताएका हुन्।

पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीको तारिफ गरे । यति छोटो समयमा समानुापातिकतर्फ ३ लाख मत पाउनु चानचुने कुरा नभएको पनि उनको भनाइ थियो । साथै, यो एकीकृत समाजवादी पार्टी असाधारण रहेको पनि बताए ।

जनताको बहुदलिय जनवाद अहिले एमाले अझैँ पनि मौका पायो भने संसद विघटन गर्छु भन्नेमा रहेको भन्दै कडा आलोचना गरे । एमाले ओली गुटले बिग्रेको भन्दै एकीकृत समाजवादी त्योभन्दा आज असाधारण ठाउँमा रहेको र एमालेसँग छुट्टिएर बचेको पनि उनको भनाइ थियो । उनले ओलीमाथि दर्जनौँ आरोप पनि लगाए ।

साथै, एकीकृत समाजवादीमा प्रवेश गर्दै भुसालले अब १० देखि १५ वर्षको समयमा समाजवादी क्रान्तिको ठोस काम के हुन्छ एउटा कार्यक्रम तयार पार्ने पनि बताए ।

दश बुँदे गर्दै गर्दा पनि पार्टीमा लड्न जाने सहमति भएको थियो र त्यो प्रमाणित गरेर देखाएको पनि उनले बताए । सञ्चारकर्मीले ‘दश बुँदे लागू गर्न किन सक्नुभएन’ भन्ने प्रश्नको जवाफमा लागू नगर्ने अध्यक्ष ओली गलत रहेको पनि उनले आरोप लगाए ।

उनले भने, ‘१० बुँदे हामीले लागू गर्न सकिएन । एउटा कुरा म सम्झाउु, हामीले २७ गते दश बुँदे गर्यौँ । कमरेड ओली १० बुँदे सहमति गरेपछि माधव नेपाल आयो भने तिनीहरुले सेन्ट्रल कमिटी फेरि पनि प्रश्न उठाउँछन् भनेर बालुवाटारबाट बार्दली पुगेपछि बार्दलीको भाषणमा एउटा कमरेडलाई राष्ट्रघाती, देशघाती, भ्रष्टचारी, भ्रष्ट भनेर भन्नुको अर्थ के थियो ? भन्दा कमरेड ओली जसरी पनि पार्टी विभाजन गर्न चाहन्थे । त्यसो हुँदा १० बुँदे गलत होइन । १० बँुदे लागू नगर्ने कमरेड ओली गलत हुन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी