२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घनश्यामको प्रशंसा गर्दै झलनाथले गरे ओलीको आलोचना, ‘एमालेप्रति हामीलाई असाध्यै माया छ’

२०७९, २९ पुष शुक्रबार १०:४८

पुस २९, काठमाडौं | नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेमा रहँदा आफूहरुले गुटवादविरुद्ध विद्रोह गरेको बताएका छन्। एमाले त्यागेर मंसिर ४ गतेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दे उनले यसो बताएका हुन्। खनालले भुसालको निर्णय एकीकृत समाजवादी र घनश्यामकै लागि ऐतिहासिक भएको बताए।


'घनश्यामले गेरको निर्णय घनश्याम र हाम्रा पार्टीका लागि ऐतिहासिक हो। हामीले गरेको विद्रोह गुटवाद विरुद्द हो,' उनले भने। खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भले सबै सम्भावना खरानी बनाएको बताए।

'राजावादीसँग अंकमाल गर्नुभएको छ। पुन: उत्थानवादीसँग नमिलि सत्तामा पुग्न नसक्ने स्थिति भयो,' खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र गठबन्धन दलप्रति इंगित गर्दै भने। भुसालको पार्टी प्रवेशले देशमा नै तरंग पैदा भएको उनको दाबी थियो।

'हामी शक्तिशाली पार्टी फेरि बनाउँन सक्छौं,' उनले भने,'कार्यशैलीको हिसाबले नयाँपार्टी निर्माण गर्नुपर्ने छ। भुसालको प्रवेशले थप अनुकुलता भएको छ।'

यस्तै खनालले एमाले प्रति आफ्नो पार्टीलाई असाध्यै माया भएको पनि बताएका छन्। उनले एमालेमा रहेका नेता कार्यकर्तालाई एकीकृत समाजवादीमा आउन पनि आह्वान गरे। 'एमालेप्रति हामीलाई असाध्यै माया छ। हामीले हाम्रो उर्जाशील समयमा बनाएका हौं। एमाले रहेका सबै नेता/ कार्यकर्तालाई भुसालको जस्तै स्वघोषणा गरेर यो पार्टीमा आउनुस,' खनालले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी