११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घनश्यामको प्रशंसा गर्दै झलनाथले गरे ओलीको आलोचना, ‘एमालेप्रति हामीलाई असाध्यै माया छ’

२९ पुष २०७९, शुक्रबार १०:४८

पुस २९, काठमाडौं | नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेमा रहँदा आफूहरुले गुटवादविरुद्ध विद्रोह गरेको बताएका छन्। एमाले त्यागेर मंसिर ४ गतेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दे उनले यसो बताएका हुन्। खनालले भुसालको निर्णय एकीकृत समाजवादी र घनश्यामकै लागि ऐतिहासिक भएको बताए।


'घनश्यामले गेरको निर्णय घनश्याम र हाम्रा पार्टीका लागि ऐतिहासिक हो। हामीले गरेको विद्रोह गुटवाद विरुद्द हो,' उनले भने। खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भले सबै सम्भावना खरानी बनाएको बताए।

'राजावादीसँग अंकमाल गर्नुभएको छ। पुन: उत्थानवादीसँग नमिलि सत्तामा पुग्न नसक्ने स्थिति भयो,' खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र गठबन्धन दलप्रति इंगित गर्दै भने। भुसालको पार्टी प्रवेशले देशमा नै तरंग पैदा भएको उनको दाबी थियो।

'हामी शक्तिशाली पार्टी फेरि बनाउँन सक्छौं,' उनले भने,'कार्यशैलीको हिसाबले नयाँपार्टी निर्माण गर्नुपर्ने छ। भुसालको प्रवेशले थप अनुकुलता भएको छ।'

यस्तै खनालले एमाले प्रति आफ्नो पार्टीलाई असाध्यै माया भएको पनि बताएका छन्। उनले एमालेमा रहेका नेता कार्यकर्तालाई एकीकृत समाजवादीमा आउन पनि आह्वान गरे। 'एमालेप्रति हामीलाई असाध्यै माया छ। हामीले हाम्रो उर्जाशील समयमा बनाएका हौं। एमाले रहेका सबै नेता/ कार्यकर्तालाई भुसालको जस्तै स्वघोषणा गरेर यो पार्टीमा आउनुस,' खनालले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह